धितोपत्रः
ü ✅ संगठित संस्थाले वा सरकारले आफुलाई आवश्यक पूँजी संकलन गर्न जारी गरेको वित्तीय उपकरणलाई धितोपत्र भनिन्छ ।
ü ✅ यस अन्र्तगत संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेन्चर, सामुहिक लगानी योजना सम्बन्धि प्रमाणपत्र र सरकारले जारी गर्न T – bill, Development Bond, citizen Bond, National Bond and Foreign employment Bond पर्दछन् ।
ü ✅ धितोपत्र सरकार र पब्लिक लि. कम्पनीले मात्र जारी गर्न सक्दछ ।
धितोपत्र बजारः
✅ सरकार वा
कम्पनीले जारी गरेको वित्तीय उपकरणको खरिद बिक्रि हुने बजारलाई धितोपत्र बजार
भनिन्छ ।
✅ संगठित
संस्थाले धितोपत्र मार्फत आवश्यक पुँजी संकलन गर्दछ भने सोको खरिद कर्ता वा लगानी
कर्ताले संस्थाको स्वामीत्व ग्रहण गर्ने, ब्याज , मुनाफा र
लाभांसको हिस्सेदार बन्न पाउने मौका पाउछन् ।
✅ अतः यस बजारले सर्वसाधारण जनता र संगठित संस्थाबीच सम्मर्क सेतुको रुपमा काम गरी यी बीच सुमधुर सम्बन्धको बहाली गर्दछ ।
धितोपत्र बजार मूलतः निम्न २
प्रकारका हुन्छनः
क. प्राथमिक बजार (Primary or Initial Market):- कम्पनी अर्थात सरकारले प्रथम पटक जारी गरेको धितोपत्रको कारोवार हुने बजारलाई प्राथमिक बजार भनिन्छ । यस बजारममा बिक्रि प्रबन्धको माध्यम द्धारा कम्पनीको धितोपत्र सर्वसाधारणमा बिक्रि गरी पूँजी संकलन गरिन्छ ।
ख. दोस्रो वा सहायक बजार (Secondary Market):- प्राथमिक बजारबाट धितोपत्र खरिद गरेपछि त्यसलाई पुन बिक्रि गर्न सकिने बजारलाई दोस्रो बजार भनिन्छ । यस बजारमा लगानीकर्ताहरु बीच मात्र सम्बन्ध हुन्छ । कम्पनिको सम्बन्ध रहदैन । नेपालमा नेपाल स्टक एक्सेन्ज लि. एक मात्र दोस्रो बजार हो ।
स्टक एक्सेन्ज Stock Ex-Change
✅ कम्पनी
वा सरकारले जारी गरेका धितोपत्र किनबेच गर्ने स्थानलाई स्टक एक्स्चेन्ज भनिन्छ
यसैलाई नै दोस्रो बजार भनिन्छ ।
✅ NEPSE मा
औपचारिक रुपमा धितोपत्रको कारोवार वि.स २०५० सालबाट भएको हो ।
✅ कुनै
कम्पनी वा सरकारले धितोपत्र निश्कासन गरेपछि धितोपत्रको कारोवार गराउन नेपाल स्टक
एक्स्चेन्जमा सूचीकरण गराउनु पर्दछ ।
✅ नेपाल
स्टक एक्स्चेन्जको छोटकारी नाम नेप्से हो भने परिसूचक भनेको सूचकांक हो ।
✅ नेप्सेमा
कारोवार हुने सम्पूर्ण कम्पनीको कुल बजार पूँजीकरण घटेको छ वा बढेको छ भनि संकेत
गर्ने सूचकाँकलाई नेप्से परिसूचक भनिन्छ ।
✅ यसले
समग्र शेयर बजारको घटबढलाई संकेत गर्ने भएको हुनाले लगानीकर्ताहरुलाई यसको ठुलो
महत्व रहेको हुन्छ ।
✅ बढ्न
सूरु गरे किन्ने र घट्न शूरु गरे बेच्ने प्रवृत्ति नेपाली बजारमा छ ।
समयावधिका आधारमा धितोपत्र बजार:-
अल्पकालिन , मध्यकालिन वा दीर्घकालिन प्रकृतिका वित्तीय उपकरणको कारोवार हुने बजारलाई धितोपत्र बजार भनिन्छ ।
धितोपत्रको समयावधिको आधारमा धितोपत्र बजार निम्न २ प्रकारको हुन्छ:-
क. मुद्रा बजार (Money
Market)
✅ मुद्रा, निक्षेप , कर्जा
लगायतका अन्य वित्तीय कारोवार सँग सम्बन्धित उपकरणहरुको कारोवारलाई मुद्रा बजार
भनिन्छ ।
✅ मुद्रा
बजारमा ब्याजदर तथा विनिमय दर मुद्राको माग र आपुर्तिबाट निर्धारण हुन्छ । जसको
नियमन ने.रा.बैक ले गर्दछ ।
✅ अर्थतन्त्रमा
मुद्राको मागलाई उत्पादनको अवस्था, ब्याजदर, मूल्यदर, वैदेशिक
व्यापारको अवस्था, मौद्रिकरणको दर , वित्तीय
संस्थाहरुको व्यापकता जस्ता कुराले प्रभाव पार्दछ ।
✅ त्यस्तै
मुद्राको आपुर्ति केन्द्रीय बैकको मौद्रिक नीति तथा वाणिज्य बैकहरुको
क्रियाकलापबाट प्रभावित हुन्छ ।
✅ मुद्रा
बजारमा खासगरी मुद्रा, चल्ती , वचत, निक्षेप , एक वर्ष
भन्दा कम अवधिको मुद्धती निक्षेप , Deposit
Certificate, अल्पकालिन भुक्तानी भएका सरकारी ऋणपत्रहरु , अल्पकालिन
कर्जाहरु , अन्र्तर बैक कर्जा तथा निक्षेपहरु , विदेशी
मुद्रा , विदेशी निक्षेप, डाफ्ट , हुन्डी
आदि ।
✅ T-bill,
Commercial Certificate, Certificate of Deposit, Eurodollars Deposits, Federal
Funds, banker's fund, Bankers Acceptance, Repurchase Agreement etc.
✅ High liquidity, Low risk, Marketable, Low default etc are its qualities.
ख. पूँजी
बजार (Capital Market)
✅ १ वर्ष
भन्दा बढी अवधिको वित्तीय कारोवारलाई पूँजी बजारको रुपमा लिईन्छ ।
✅ यसको
नियमन नेपाल धितोपत्र बोर्डले गर्दछ ।
✅ पूँजीबजार
अन्र्तगत ऋणपत्र, बचतपत्र, शेयरपत्र, दीर्घकालिन
ऋण, आदिको कारोवार हुन्छ ।
✅ पूँजीबजारको
महत्वपूर्ण पक्ष ऋणपत्र र शेयर हो ।
✅ ऋणपत्रमा
खासगरी दीर्घकालिन अर्थात १ वर्ष भन्दा बढी अवधि भएका ऋणपत्र समावेश हुन्छन् ।
✅ धेरै
प्रकारका ऋणपत्रहरु निश्कासनमा आउने भएतापनि दीर्घकालिन र सरकारी ऋणपत्रमा विकास
ऋणपत्र र राष्ट्रिय वचत पत्र प्रमुख हुन् ।
↪ Capital Market Instrument:
1. Common
Stock
2. Preferred
Stock
3. Corporate
Bond like NIBL, EBL
4. Government
Bond
5. Municipal
Bond (not used in Nepal)
6. Mortgaged
Bond
7. Units of Mutual Fund ( Siddhartha and Nabil )
नेपालमा पूँजीबजारका प्रमुख समस्याहरु:-
✅ बैकिङ्ग
ज्ञानको कमी,
✅ सीमित
ऋणपत्र,
✅ वित्तीय
संस्थाहरुको सीमित क्रियाकलाप,
✅ उद्योगको
विकास नहुनु,
✅ सरकारी
नीतिमा हुने परिवर्तन,
✅ औधोगिक
शिक्षाको अभाव,
✅ जटिल
कानूनी औपचारिकता,
✅ राजनीतिक
दबाब
✅ अनुत्पादक
खर्च आदि ।
सरकारी ऋणपत्र सम्बन्धि संक्षिप्त जानकारी:-
✅ नेपाल
सरकारको वार्षिक बजेटमा उल्लेखित आन्तरिक ऋण रकम नेपाल सरकारको आवश्यकता अनुसार
सरकारकै जमानत र अनुरोधमा सरकारको बैक ने.रा.बैक मार्फत संकलन हुन्छ ।
✅ यसरी
सरकारलाई आवश्यक वित्तीय स्रोत संकलन गर्न राष्ट्रिय स्तरमा सरकारी ऋणपत्रहरु वा
सुरक्षणपत्रहरु जारी गरिन्छ ।
✅ प्रचलित
कानूनको अधिनमा रही ने.रा.बैकले विभिन्न प्रकारका एवं अवधिका ऋणपत्रहरु निश्काशन
गरी बैक तथा वित्तीय संस्था , गैर वित्तीय संस्था साथै नेपाली
नागरिकबाट सरकारलाई आन्तरिक ऋण संकलन गर्ने गरेको छ ।
✅ वि.स
२०१८ सालमा ३ महिना अवधिको Treasury Bill पहिलोपटक
निश्कासन भएबाट सरकारी ऋणपत्रको सुरुवात भएको हो ।
हाल
नेपाल सरकारले निम्न ५ प्रकारका विभिन्न सरकारी ऋणपत्र निश्कासन गर्दै आएको छ:-
क. Treasury Bill:-
✅ सरकारलाई
आवश्यक छोटो समयावधिको रकम संकलन गर्न तथा बजारमा मुद्राको सन्तुलन कायम गर्न
ने.रा.बैक बाट जारी गरिएको वित्तीय औजारलाई ट्रेजरी बिल भनिन्छ ।
✅ यो २८, ९१, १८२, ३६४ दिने
गरी ४ विविध अवधिको हुन्छ भने बोलकबोल प्रक्रियाबाट म्ष्कअयगलत मा जारी हुन्छ ।
✅ यो बील
सरकारको आवश्यकता अनुसार प्र्रत्येक सोमबार निश्कासन हुन्छ । यसमा ब्याजदर तोकिएको
हुँदैन बोलकबोलमा जारी हुन्छ ।
ख. Development Bond
✅ सरकारको
विकास कार्यलाई आवश्यक साधन स्रोत जुटाउने उदेश्यले व्यक्ति तथा संस्थाले खरिद
गर्न सक्ने गरी सरकारले जारी गरेको ऋणपत्रलाई विकास ऋणपत्र भनिन्छ ।
✅ यो अंकित मूल्यमा निश्कासन भई बोलकबोल प्रक्रियाबाट ब्याजदर अथवा Coupon rate निर्धारण हुन्छ ।
✅Nepal Stock Exchange मार्फत दोस्रो बजारमा यसको खरिद बिक्रि हुन्छ ।
ग. Citizen Bond
✅ निश्चित
ब्याजदर तोकी नेपाली लगानीकर्ताहरुले मात्र खरिद गर्न सक्ने गरी जारी गरिने
मध्यकालिन अवधिको ऋणपत्र नागरिक वचतपत्र हो । यो कम्तीमा १० हजार रुपैयाको हुन्छ ।
यसलाई नागरिकले मात्र खरिद गर्न सक्छन् ।
घ. National Bond
✅ निश्चित
ब्याजदर तोकी गैर संस्थागत तथा नेपाली नागरिकल मात्र खरिद गर्न सक्ने गरी जारी
हुने मध्यकालिन अवधिको ऋणपत्र राष्ट्रिय वचत पत्र हो ।
✅ अर्थात
छरिएर रहेको स सानो बचत परिचालन गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउनु यो
वचतपत्रको उदेश्य हो ।
ङ. Foreign Employment Bond
ड्रोजगारीका लागि विदेशमा रहेका वा नेपाल फर्केको ३ महिना नपुगेका नेपाली नागरिकहरुले वा ल्च्ल् हरुले मात्र खरिद गर्न पाउने गरी निश्चित ब्याजदर तोकी नेपाली रुपैयामा जारी हुने मध्यकालिन अवधिको बचतपत्रलाई वैदेशिक रोजगार बचतपत्र भनिन्छ । आ.व २०६६।६७ को बजेट मार्फत यसलाई शुरु गरिएको हो ।
तयार गर्नेः http://www.dbarjel.com.np/