Friday, August 30, 2024

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।
✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले
✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामती सेवा सुधारका पर्यायका रूपमा चिनिन्छन् ।
✅ नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका अर्याल त्यहीँ अब्बल गुणकै कारण आज निजामती प्रशासनिक नेतृत्व मुख्य सचिव बन्ने अवसर पाएका छन् ।
✅ मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार(भोली) देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो ।
मुख्य सचिव एकनारायण अर्याल
को हुन् एकनारायण अर्याल ?

🔀 स्याङ्जाको करेनडाडा-४ का एकनारायण अर्यालले २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । प्रशासन सेवा समूहका उनको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो ।

🔀 निजामती सेवामा रा.प.अन.प्रथम श्रेणीबाट प्रवेश गरेर मुख्यसचिव बनेका अर्यालसँग विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेको अनुभव छ । उनी २०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । गृहमा आउनु अघि अर्याल २०८० जेठ २४ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थिए । प्रधानमन्त्री कार्यालय जानु अघि अर्याल २०७८ मंसिर १३ देखि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवका रूपमा थिए । श्रममा जानु अघि अर्यालले २०७७ असोज २९ देखि २०७७ कार्तिक ३ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।

🔀 अर्यालले जिल्ला प्रशासन, उद्योग विभाग, विभिन्न मन्त्रालय, स्थानीय तहमा रहेर काम गरेका छन् । निजामती सेवामा अब्बल अर्याल शाखा अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाटै छनौट भएका थिए । उनी २०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा सचिव भएका थिए । अर्यालले निजामती सेवामा ३५ वर्ष ७ महिना सेवा गरेका छन् ।





Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 82 ) Corporation ( 64 ) Culture ( 24 ) Force ( 57 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 53 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 124 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 108 ) update ( 12 ) videos ( 13 ) WORLD ( 15 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (11) Banks (82) Corporation (64) Culture (24) Force (57) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (53) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (124) Rules (8) tips tricks (21) TSC (108) update (12) videos (13) WORLD (15)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

संयुक्त राष्ट्रसंघको ७९ औं महासभा २०२४ ।

  UNO आयोजना हुने मिति सन् २०२४ सेप्टेम्वर १० देखि ३० सम्म स्थान अमेरिकाको न्यूयोर्कमा ...

Recent

Popular Posts