Showing posts with label Banks. Show all posts
Showing posts with label Banks. Show all posts

Friday, August 30, 2024

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।
✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले
✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामती सेवा सुधारका पर्यायका रूपमा चिनिन्छन् ।
✅ नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका अर्याल त्यहीँ अब्बल गुणकै कारण आज निजामती प्रशासनिक नेतृत्व मुख्य सचिव बन्ने अवसर पाएका छन् ।
✅ मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार(भोली) देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो ।
मुख्य सचिव एकनारायण अर्याल
को हुन् एकनारायण अर्याल ?

🔀 स्याङ्जाको करेनडाडा-४ का एकनारायण अर्यालले २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । प्रशासन सेवा समूहका उनको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो ।

🔀 निजामती सेवामा रा.प.अन.प्रथम श्रेणीबाट प्रवेश गरेर मुख्यसचिव बनेका अर्यालसँग विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेको अनुभव छ । उनी २०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । गृहमा आउनु अघि अर्याल २०८० जेठ २४ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थिए । प्रधानमन्त्री कार्यालय जानु अघि अर्याल २०७८ मंसिर १३ देखि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवका रूपमा थिए । श्रममा जानु अघि अर्यालले २०७७ असोज २९ देखि २०७७ कार्तिक ३ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।

🔀 अर्यालले जिल्ला प्रशासन, उद्योग विभाग, विभिन्न मन्त्रालय, स्थानीय तहमा रहेर काम गरेका छन् । निजामती सेवामा अब्बल अर्याल शाखा अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाटै छनौट भएका थिए । उनी २०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा सचिव भएका थिए । अर्यालले निजामती सेवामा ३५ वर्ष ७ महिना सेवा गरेका छन् ।


Monday, August 12, 2024

🔄 ग्रीष्मकालिन पेरिस ओलम्पिक, २०२४ सम्पन्न

✅ विजेता राष्ट्र :- अमेरिका (अमेरिका र चीनको समान ४० स्वर्ण पदक भएपनि समग्र पदक तालिकामा अमेरिका अगाडि रहदै उपाधि जित्न सफल भएको)

✅ कहाँ भएको : पेरिस, फ्रान्स

✅ ओलम्पिक मस्कट :- Olympic Phryge

✅ पेरिस ओलम्पिक २०२४ को आदर्श वाक्य "गेम्स वाइड ओपन" (फ्रान्सेली: Ouvrons grand les Jeux) थियो ।

✅ कसले आयोजना गर्छ : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC)

✅ कहिले संचालन :- २६ जुलाई २०२४- ११ अगष्ट २०२४

✅ आगामी सन् २०२८ मा हुने ३४ औं ग्रीष्मकालिन ओलम्पिक अमेरिका तथा सन् २०३२ हुने ३५ औं ग्रीष्मकालिन ओलम्पिक ब्रिसबेन, अष्ट्रेलियामा आयोजना हुनेछ ।

🔄अन्य जानकारी

यस ओलम्पिकमा नेपाल बाट जम्मा ७ खेलाडी सहभागी भएका थिए । नेपाल बाट चार महिला र तीन पुरुष खेलाडीसहित सातजनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोट प्रतियोगिता पार गरी स्थान बनाएका थिए । तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टपछि स्यान्टु छनोट भएर सीधै ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । अन्य खेलाडीले वाइल्ड कार्ड पाएका हुन् । युनिभर्सालिटी कोटामा एथलेटिक्सबाट धाविका सन्तोषी श्रेष्ठ, पौडीबाट डुबाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङबाट सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिक खेलेका थिए। म्याराथनमा सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहदै दौड पुरा गरेकि थिइन ।

नेपाली पौडीबाज खेलाडी एलेक्जेन्डर शाह पेरिस ओलम्पिक २०२४ को १०० मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। एलेक्जेन्डरले ५१.९१ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन्। यसअघि उनकै नाममा ५२.१७ सेकेन्डको कीर्तिमान थियो। उनले सन् २०२४ को फेब्रुअरीमा दोहाको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपमा सो कीर्तिमान बनाएका थिए ।

Friday, July 26, 2024

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मिति २०८१ साउन ११ गते चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।


थप जानकारीका लागि PDF डाउनलोड गर्नुहोस । 
https://drive.google.com/drive/folders/1DAAtiOMaSoVxc_1Y2te-HvqHuZDwBsCQ?usp=sharing



Thursday, July 25, 2024


🔰लिच्छ‌विकालका पदहरू :

🔄 महासर्वदण्डनायक : प्रधानन्यायाधीश

🔄 सर्वदण्डनायक: न्यायाधीश

🔄 दण्डनायक : प्रहरी प्रमुख

🔄 भट्ट : सिपाही 

🔄 प्रधान: ग्राम प्रशासक

🔄 सामन्त : प्रशासक

🔄 प्रसादाधिकृत : कार्यालय प्रमुख

🔄 भट्टनायक : सेनाध्यक्ष

🔄 बलाध्यक्ष: सेनापति

🔄 महाबलाध्यक्ष : प्रधानसेनापति

🔄 प्रतिहार : राजदरबार हेर्ने अधिकृत

🔄 गोल्मिक: सेनानायक

🔄 महाप्रतिहार : राजदरबार हेर्ने प्रमुख

🔄 अमात्य: मन्त्रीस्तरीय अधिकारी

🔄 ढुटक : राजघोषणा प्रचार प्रसार गर्ने

🔄 युवराज : भावी राजा दुत: कृषि, वन, सिंचाइ व्यापार हेने।

 

🔰लिच्छविकालीन निकायहरू

🔄 कुथेर अधिकरण: जग्गा जमिनको कुत उठाउने वा मालपोतको कार्य गर्ने निकाय

🔄 माप्चोकः विवाह, पारपाचुकेसम्बन्धी कार्य गर्ने निकाय

🔄 लिंगवल : कुलो, पैनी, बाँध, बाटोघाटो सम्बन्धी कार्य गर्ने निकाय

🔄 शुल्ली/शोल्ल अधिकरण : पञ्चपराध (चोरी, हत्या, परस्त्रीगमन, राजद्रोह र यसमा सघाउने) को छानबिन गरी न्यायदिने

🔄 भागकर : भूमि वा कृषिमा लाग्ने कर

🔄 भोगकर : पशुपालनमा लाग्ने कर

🔄 कर : उद्योग, वाणिज्य, व्यापारमा लाग्ने कर

🔄 सिकर : फर्निचरमा लाग्ने कर

🔄 चैलकर : कपडामा लाग्ने कर

🔄 तैलकर : तेलमा लाग्ने कर

🔄 आपणकर : पसलमा लाग्ने कर

🔄 मल्लयुद्धकर : साँढेजुधाइ, मनोरञ्जनमा

 

🔰मल्लकालीन निकायहरू

🔄 ढाल्पा : कुलो, नहर आदिको रेखदेख गर्ने निकाय

🔄 विषय : जिल्ला

🔄 पञ्चसमुच्चय : सानातिना झगडा हेर्ने, बुढापाकाका समूह

🔄 भारदारी सभा : राजसभा

🔄 टकसारी : मुद्रा टकसरी गर्ने स्थान

 

🔰मल्लकालीन पदहरू :

🔄 चौतारा: प्रधानमन्त्री

🔄 उमरा : सैनिक अधिकृत

🔄 अमात्य : मन्त्रीसरहको पद

🔄 कोटनायक : किल्लारक्षक

🔄 द्वारे : गाउँको झगडा हेर्ने

🔄 सामन्त : प्रशासक

🔄 प्रधान : टोल हेर्ने अधिकारी

🔄 उभय : सैनिक अधिकारी

🔄 खरदार : देशभरिको भ्रमण गरी न्याय

🔄 थकाली : पञ्चको मुख्य व्यक्ति

🔄 छेभन्डेल : राजाको भण्डार वा अन्नको व्यवस्था गर्ने

🔄 चरिदार : अनुसन्धान अधिकृत

🔄 कोतवाल : शान्ति सुरक्षा हेर्ने

🔄 टक्सारी : सिक्का छाप्ने गम्भीर अपराध चोरी, परस्त्रीहरण, राजद्रोह, गौहत्या, बालहत्या, स्त्रीहत्या, पितृहत्या, गुरुहत्या

 

🔰शाहकालीन पदहरू :

🔄 काजी : विभागका प्रमुख र क्षेत्रीय प्रमुख

🔄 चौतारिया : जङ्गी सेवाका क्षेत्रीय र केन्द्रीय प्रमुख

🔄 खजान्ची : सरकारी खजानाको हाकिम

🔄 मन्त्री : राजालाई सल्लाह दिने कार्यपालिका प्रमुख

🔄 सरदार : अडिटर औषधालयको प्रमुख

🔄 कपरदार : राजपरिवारको कपडा, गहनाको व्यवस्था गर्ने

🔄 मिरमुन्सी : विदेशी वा छिमेकी मुलुकसँग सम्बन्ध स्थापित गर्ने

🔄 चोवदार : चौकीदार, दरबान

🔄 वकिल : छिमेकी मुलुकमा नेपालका राजाको प्रतिनिधि

🔄 सुब्बा : जिल्लाका निजामती कर्मचारीहरूको प्रमुख

🔄 द्वारे : सरकारी कार्यलयका पाले, पहरेदार आदि।

 

🔰राणाकालीन प्रशासनिक अड्डा :

🔄 खड्ग निसाना अड्डा : श्री ३ को सचिवालय/प्रधानमन्त्रीको कार्यालय (चन्द्र समसेर)

🔄 मुन्सीखाना : परराष्ट्र मामिलासम्बन्धी कार्य गर्ने अड्डा (भीमसेन थापा र णबहादुर शाह)

🔄 कुमारीचोक : लेखापरीक्षण र नियन्त्रणसँग सम्बन्धित (पृथ्वीनाराण शाह)

🔄 जङ्गी बस्दोबस्ती अड्डा : सैनिक प्रशासनसम्बन्धी

🔄 कमाण्डरी किताबखाना : सरकारी कर्मचारीको अभिलेख राख्न

🔄 बिन्तीपत्र निक्सारी अड्डाः न्यायसम्बन्धी कार्य गर्ने सर्वाच्च अड्डा

🔄 मुलुकी बन्दोबस्ती अड्डाः देशको प्रशासन सञ्चालन र निरीक्षण गर्ने

🔄 कंडेलचोक : गरगहनाको व्यवस्था गर्ने (जंगबहादुर राणा)



Sunday, June 30, 2024

 
✅ विजेता राष्ट्र :- भारत (दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको)


➰ उपविजेता:- दक्षिण अफ्रिका
➰ सर्वाधिक रन बनाउने खेलाडी:- रहमानउल्लाह गुरबाज, अफगानिस्तान (२८१ रन)
➰ सर्वाधिक विकेट लिने खेलाडी :- फजलहक फारुसी, अफगानिस्तान (१७) र अर्शदीप सिंह, भारत (१७)
➰ प्लेयर अफ द टुर्नामेन्ट:- जसप्रीत बुमराह (भारत)
➰ फाइनल खेलमा म्यान अफ द म्याच:- विराट कोहली
➰ प्रतियोगितामा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी :- ट्रेविस हेड, अष्ट्रेलिया (२६) 
➰ प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी:- निकोलस पुरण, वेष्टइण्डिज (१७)
➰ सेमि फाइनल खेल्ने राष्ट्रहरु:- India & England, Afganistan & South Africa
➰ फाइनल खेल भएको ठाउ:- Kensington Oval Barbados ( West Indies)
➰ आयोजक राष्ट्रहरुः- अमेरिका र वेष्ट इण्डिज
➰ ९ औँ संस्करण
➰ खेल भएको मिति :- २०२४ जुन २ देखि २९ सम्म
➰ सहभागी टिम:- २० वटा
➰ जम्मा खेलाइएका खेल:- ५५ वटा
➰ आगामी संस्करणः- सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने (२/२ वर्षको अन्तरालमा हुने गरेको) ।

Friday, June 21, 2024

कोशी प्रदेश

- क्षेत्रफल २५,९०५ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६० प्रतिशत

- राजधानी विराटनगर

- जिल्ला संख्या - १४ वटा

- महानगरपालिका -१ वटा

- उपमहानगरपालिका -२ वटा

- नगरपालिका -४६ वटा

- गाउँपालिका -८८ वटा

- जम्मा स्थानीय तह- १३७ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला ताप्लेजुङ

- क्षेत्रफलको आधारमा सानो जिल्ला तेह्थुम

 

मधेश प्रदेश

- क्षेत्रफल ९,६६१ वर्ग कि. मि. (नेपालको कुल क्षेत्रफलको ६. ५७ प्रतिशत)

- राजधानी- जनकपुरधाम

- जिल्ला संख्या- ८ वटा

- महानगरपालिका- १ वटा

- उपमहानगरपालिका -३ वटा

- नगरपालिका -७३ वटा

- गाउँपालिका -५९ वटा

-जम्मा स्थानीय तह - १३६ वटा

- क्षेत्रफलको आधारमा ठुलो जिल्ला सप्तरी

- क्षेत्रफलको आधारमा सानो जिल्ला महोत्तरी

Friday, June 7, 2024

१. रेखाको नाम – ड्यूरन्ड रेखा (Durand Line)
🔄 कहाँ – पाकिस्तान र अफगानिस्तान
🔄 सन् १८८६ मा सर मार्टिमर डूरन्डले निर्धारण गरेको ।

२.  रेखाको नाम – मेकमोहन रेखा (Mc Mahon Line)
🔄 कहाँ – भारत र चीन
🔄  ११२० किमी. लामो र सर हेनरी मेकमोहनले निर्धारण गरेको थियो तर चीन यस कुरालाई मान्दैनन् ।

३. रेखाको नाम – दश गजा
🔄  कहाँ – नेपाल र भारत

४. रेखाको नाम – रेडक्लिफ रेखा (Radcliffe Line)
🔄  कहाँ – भारत र पाकिस्तान
🔄 सन् १९४७ मा भारत-पाकिस्तान सीमा आयोगका अध्यक्ष सर सायरिल रेडक्लिफले निर्धारण गरेका हुन् ।

Friday, May 31, 2024

 🔰 IPL २०२४ सम्बन्धी विशेष जानकारी ।

✔ विजेता- कोलकाता नाइट राइडर्स

✔ उपविजेता – सनराइजर्स हैदरावाद

✔ ओरेन्ज क्याप (सर्वाधिक रन ) – विराट कोहली (७४१ रन, १५ खेल) 

✔ पर्पल क्याप (सर्वाधिक विकेट) – हर्षल पटेल (२४ विकेट, १४ खेल)

✔  मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – सुनिल नरेन (४८८ रन र १७ विकेट, १५ खेल) 

✔ सर्वाधिक चौका - ट्राभिस हेड (६४ चौका, १५ म्याच )

✔ सर्वाधिक छक्का – अभिषेक शर्मा (४२ छक्का, १६ खेल)

✔ इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट – नितिश रेड्डी (३०३ रन र ३ विकेट)

✔ सिजनको उत्कृष्ट स्ट्राइक रेट - जेक फ्रेजर - म्याकगुर्क (२३४.०४) 

✔ क्याच अफ द सिजन - रमनदीप सिंह (अरशिन कुलकर्णी, केकेआर भर्सेज एलएसजी, मे५)

✔ फेयरप्ले अवार्ड - सनराइजर्स हैदराबाद

✔  पिच र ग्राउन्ड अवार्ड्स - हैदराबाद

✔ प्लेयर अफ द फाइनल - मिचेल स्टार्क ( ३-०-१४-२)

आर्थिक वर्ष २०८१/८२ का लागि संघीय संसदको दुबै सदनमा अर्थ मन्त्री वर्षमान पुन द्धारा मिति २०८१ जेठ १५ गते पेश गरिएको बजेटको संक्षिप्त जानकारी र विशेषताहरु । 




Tuesday, May 14, 2024

🔀 नेपालका कामिरिता शेर्पाले ३० औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। 

✅ ३० औं आरोहण २०८१ जेठ ९ गते,

✅ २९ औं आरोहण २०८१ वैशाख ३० गते (२०२४ मे १२),

✅ हालसम्म सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान कायम गरका, 

✅ २८ औँ पटक आरोहण : २०८० जेठ ९ गते,

✅ २७ औँ पटक आरोहण : २०८० जेठ २ गते, 

कामिरिता शेर्पा

यो पनि

🔀 सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने दोस्रो व्यक्ति : 

✅ पासाङदावा शेर्पा  हुन उनले हालसम्म २७ औं पटक सगरमाथाको सफल आरोहण गरि सकेका छन्,  

✅ उनले २७ औँ पटक २०८० जेठ ८ गते आरोहण गरेका हुन् ।

पासाङदावा शेर्पा

🔀 महिलामा को अगाडि?

✅ सबैभन्दा धेरै पटक (१० पटक) सगरमाथा आरोहण गर्ने महिला लाक्पा शेर्पा हुन्,

✅ उनले १० औँ पटक सगरमाथाको आरोहण २०७९ वैशाख २९ गते सम्पन्न गरेकी हुन् । 

लाक्पा शेर्पा
Updated:- 5-31-2024

Monday, May 13, 2024

➰उत्तम शान्ति पुरस्कार, २०८०


प्रतिकारात्मक चित्र

🔄उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गैरआख्यान कृतिका लागि प्रदान गरिने प्रख्यात रु. १ लाख राशी र ताम्रपत्र समेत रहेको  उत्तम शान्ति पुरुस्कार वितरण भएको छ । 

✅ रोशन शेरचनको निबन्ध संग्रह " गल्ली संसार" लाई प्रदान गरिने,

 गैरआख्यान कृतिका लागि प्रदान गरिने प्रख्यात पुरस्कार,

 उत्तम शान्ति पुरस्कार गुठीले प्रदान गर्ने गरेको,

 पुरस्कार राशी १ लाख रुपैयाँ र ताम्रपत्र रहेको,

 २०७९ मा डा.नवराज केसीको कृति “शून्यको मूल्य" लाई प्रदान गरिएको,

 २०७८ मा पत्रकार गिरिश गिरीको कृति “सत्यमोहन" लाई प्रदान गरिएको,

 २०७७ मा भारती गौतमको “विगत र बाडुली” लाई प्रदान गरिएको,

 २०७६ मा सरिता अर्यालको “मेरो अपहरण" लाई प्रदान,

 सर्वप्रथम यो पुरस्कारको स्थापना वि.स. २०४४ मा गरिएको ।


Monday, May 6, 2024

राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अनुसार नेपालीहरुको औषत आयुमा उल्लेख्य बढोत्तरी आएको  पछिल्लो जनगणनाले देखाएको छ जसमा पुरुषको औसत आयु र महिलाको औषत आयु देहाय अनुसार रहेको  छ ।

✅ नेपालीको औषत आयु अव  ७३.३ वर्ष  ।

✅ पुरुषको ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको,

📢 विगतमा कस्तो थियो नेपालीहरुको औषत आयु यो पनि जानौ ।

✅ वि.स. २०३८ को जनगणनामा औषत आयु ४९.८ वर्ष, 

✅ वि.स.२०४८ मा ५४.३ वर्ष, 

✅ वि.स. २०५८ मा ६०.४ वर्ष, 

✅ २०६८ मा ६६.६ वर्ष रहेको थियो ।

✅  २०६८ को जनगणनामा पुरुषको औषत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको थियो ।

Thursday, May 2, 2024

नेपालमा अब २०८० फागुन मसान्तको रेकर्ड अनुसार ११० बैंक तथा वित्तीय संस्था कायम रहेका छन् ।  सञ्चालनमा रहेका कुल ३४७ बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएर ११० वटा कायम भएका हुन् ।

Financial Institutations In Nepal

👉 हाल कायम रहेका बैंक तथा वित्तीय संस्थाहरुः-

✅ वाणिज्य बैंकः  २०

✅ विकास बैंकः  १७

✅ वित्त कम्पनी: १७

✅ लघुवित्त वित्तीय संस्था: ५५

✅ पूर्वाधार विकास बैंक: १

👉 शाखाहरु :- 

✅ वाणिज्य बैंकका ५,०४१ वटा, 

✅ विकास बैंकका १,१३५ वटा, 

✅ लघुवित्तका ५, १३० वटा समेत गरी कुल शाखा संख्या ११,५९४ पुगेका छन् ।

🔄 बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औषतमा करिब २,५१५ जनाले सेवा प्राप्त गरिरहेका छन् ।

Friday, April 26, 2024

 एसीसी मेन्स्‌ प्रिमियर कप, २०२४ :

ACC Man's Premier Qualifier Schedule 

✅ बिजेता : युएई, उपबिजेता : ओमान,

✅ फाइनलमा युएईले ओमानलाई ४४ रनले पराजित गरेको,

 बिजेता युएईले एसीसी एशिया कप २०२५ मा स्थान बनाएको,

✅ नेपाल सेमिफाइनलमा युएईसँग पराजित,

✅ हङकङले नेपाललाई हराउँदै तेस्रो भएको,

✅ प्लेयर अफ दि सिरिज : मोहम्मद वासिम, युएई,

✅ १० टिम सहभागी,

✅ समूह ए : नेपाल, हङकङ, कतार, साउदी अरेबिया, मलेसिया

✅ सकूह बी : ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया

✅ २०२४ अप्रिल १२ देखि २१ सम्म ओमान आयोजित ।

Thursday, April 25, 2024

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको २ दिने राजकीय भ्रमण सम्पन्न भएको छ, सो सम्बन्धी केही जानकारी यहाँ राखिएको छ । 
अमिर शेख तमिम बिन हमाद अल थानी
कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी ।

✔ भ्रमण अवधी : बि. स. २०८१ बैशाख ११ गते देखि १२ गते सम्म ।
✔ उनी बं
लादेशको ढाका हुँदै नेपाल आएका ।
✔ भ्रमणको क्रममा नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र वठा समझदारीमा हस्ताक्षर भएको ।
✔ रुद्रकली र खगेन्द्रप्रसाद नामका २ वठा हात्ती नेपालले कतारलाई उपहारस्वरुप दिने भएको ।
✔ नेपाल र कतारबीच सन्‌ १७७ जनवरी २१ मा दौत्य सम्बन्ध कायम भएको ।
✔ कतार सन्‌ १९७१ मा बेलायतबाठ स्वतन्त्र भएको थियो ।
✔ सन्‌ २००४ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो ।
✔ कतार संग दोहोरो कर मुक्त सम्झौता सन २००७ मा भएको हो 
✔ नेपालले सन्‌ २००० जुलाई ११ मा कतारमा राजदुतावास स्थापना रेको हो ।
✔ कतार भ्रमण गर्ने नेपालका राष्ट्रपतिहरू डा. रामबरण यादव र बिध्यादेवी भण्डारी हुन । 
✔ उनी नेपाल भ्रमण गर्ने पहिलो कतारका राजा हुन ।


Wednesday, April 24, 2024

के तपाइलाइ थाह छ? नेपाल सरकारले मिति २०८० कार्तिक २७  देखि लागु हुने गरी सरकारी कामकाजमा प्रयोग हुने विभिन्न चिठ्ठी पत्रहरुमा अनिवार्य नेपाल संवत उल्लेख गर्ने निर्णय गरेको छ नि ! विक्रम संवत २०८१ सालमा नेपाल संवत  ११४४ अनुसार कुन दिन के तिथि पर्छ भनी थाह पाउन  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मिति २०८१ बैशाख ४ गते

 विज्ञप्ती जारी गरेको छ । उक्त जारी विज्ञप्ती यहाँ बाट डाउनलोड गरी भरपुर फाइदा उठाउनुहोस् । 

थप जानकारीका लागि https://npns.gov.np/notice/publication/15 मा जानुहोस् । 

Sunday, January 21, 2024

नेपालसँग भएको कुटनितिक सम्बन्धको बारेमा सम्पूर्ण  मिति सहित अहिले सम्मकै आधिकारीक जानकारी यहाँबाट प्राप्त गर्न सकिन्छ, यसका बारेमा विस्तृत रुपमा जान्नको लागि तल प्रराष्ट्र मन्त्रालयले राखेको जानकारी लिए पुग्छ किताब नै पढनु पर्दैन ।

https://mofa.gov.np/foreign-policy/bilateral-relation/

Friday, January 19, 2024

 UNO, EU, ASEAN, SAARC र BIMISTEC सम्बन्धी यति पढे लोकसेवा परिक्षाको लागि अरु पढनै पर्दैन एक पटक अवश्य हेर्नुहोस र धेरै भन्दा धेरै ज्ञान प्राप्त गरी लाभ लिनुहोस उक्त फाइल हेर्न PDF मा डाउलोड गर्नुहोस् । 


Tuesday, December 26, 2023

 

UNO का स्थायी पाँच राष्ट्रहरुले हाल सम्म प्रयोग गरेको भिटो पावरको संख्या, पहिले भिटो प्रयोग गर्ने, धेरै भिटो प्रयोग गर्ने राष्टहरुका बारेमा  विस्तुत विवरणका लागि भिटो प्रयोग गर्ने देशहरु हेर्नुहोस् । मा क्लिक गर्नुहोस् । 

Thursday, December 14, 2023

 नेपालको संविधान २०७२ मा रहेका ३१ वटा मौलिक हकहरु गितै गित बाट सिक्नुहोस धाराहरु सहित । 


फाइल PDF मा Download गर्नुहोस् । 





Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 82 ) Corporation ( 63 ) Culture ( 24 ) Force ( 56 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 52 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 122 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 106 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (11) Banks (82) Corporation (63) Culture (24) Force (56) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (52) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (122) Rules (8) tips tricks (21) TSC (106) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ । ✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले ✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामत...

Recent

Popular Posts