Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Saturday, August 29, 2020

लोकसेवाले विज्ञापन नखोल्ने२० हजार कर्मचारी अभाव हुँदै

लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ। आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापनखुलाउने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो।

  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिस्थिति सहज नभए आयोगमा रिक्त पदको विवरण नपठाउनेभएको छ। यद्यपिमन्त्रालयले रिक्त पदमा विवरण संकलन भने सुरु गरेको छ।आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरणपठाउनुपर्छ।मन्त्रालयले पठाएको पदको आधारमा आयोगले विज्ञापन खुलाउने गर्छ। संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमारिक्त पदको विवरण आयोगमा पठाउने कि नपठाने भन्नेबारे निर्णय नभएको बताए।

Thursday, May 28, 2020

मननीय अर्थमन्त्री ज्यु द्वारा संसदमा प्रस्तुत आर्थिक बर्ष २०७७/२०७८ को बजेटमा समावेश गरिएका केहि मुख्य बुँदाहरु
१) कोरोनाको उपचारमा तत्काल चाहिने औषधी लगायतका लागी ६ अर्ब बजेट । स्वास्थ्य पुर्वाधार विकास गर्न बार्षिक १२ अर्ब ४० करोड । एक चिकित्सक एक स्वास्थ्य संस्था बनाउने बाचा,
२) घरेलु, साना तथा मझौला उद्योग । कोरोना प्रभावित पर्यटनलगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्बको कोष स्थापना ।,
३) विदेशमा रहेकालाई स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन,
४) कोरोना विमामा ५० प्रतिशत प्रमियम सरकारले तिर्ने,
५) वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क, उडान दस्तुर आदिमा छुट,
६)प्रदेश र स्थानीय सरकारले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने,
७) कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने,
८)सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन,
९)प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार । थप २ लाखलाई रोजगारी दिनेगरी ११ अर्ब ६० करोड बजेट विनियोजन,
१०) श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था गरिने ।
११) हाल दिँइदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता,
१२) सेतो छडी र ब्रेललिपीको पाठ्यक्रम निशुल्क उपलब्ध गराउने,
१३)सबै श्रमिक र कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा ल्याउन प्रोत्साहित गर्ने,
१४) पर्यटनसहित उद्योग प्रतिष्ठानले कर्मचारीलाई तलब भुक्तानी गर्न ५० अर्बको कोष,
१५) आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने,
१६) प्रधानमन्त्री कृषी आधुनिकिकरण कार्यक्रमलाई पुनर्संरचना गर्दै एक स्थानिय तहमा एक पकेट क्षेत्र बनाउन ३ अर्ब २२ करोड । रसायनिक मलको अनुदानका लागी ११ अर्ब बजेट,
१७) उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट,
१८) फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख,
१९) कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने भएको छ । यस अघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो,
२०) नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा सरकारले ऋण उपलब्ध गराउने,
२१) ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने । मालपोत सेवा अनलाइनमार्फत हुने व्यवस्था गर्ने ,
२२) सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने,
२३) कृषिका लागी ४१ अर्ब ४० करोड र सिंचाइका लागी २५ अर्ब ९६ करोड बजेट विनियोजन,
२४) वचत तथा ऋण सहकारी संस्थालाई एक अर्कामा गाभिन प्रेरित गरिने,
२५) विकास आयोजनाले वन क्षेत्रको जग्गा लिएवापत रकम तिर्ने नपर्ने । त्यसवापत झाडी र बुट्यान भएको क्षेत्रमा वृक्षारोपण गरे हुने,
२६) पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट,
२७) माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने,
२८) सरकारले सुनकोशी–मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट,
२९)सहकारीलाई ३ अर्ब ६० करोड ऋण, सूचना केन्द्र स्थापना गरिने,
३०) काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गरिने,
३१) विमाको दायरा विस्तार गर्ने र दाबीलाई सहज बनाउने । घुम्ती विमा कार्यक्रम चलाइने,
३२) विदेशमा अलपत्रलाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने,
३३) आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने । मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने । साक्षर नेपाल घोषणा गर्ने ,

३४) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तार गरिने । बजेट ६ अर्ब,
३५) मनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड,
३६) सुरक्षाकर्मीको पोशाक, जुत्ता र खाद्यान्न स्वदेशमै उत्पादन गरिने,
३७ ) अन्तराष्टिय क्रिकेट मैदान लगायतका लागि आवश्यक रकम विनियोजन,
३८) मेलम्चीको आधारभूत पूर्वाधार निर्माण सकेर आगामी आर्थिक वर्षको सुरुमा नै काठमाडौं उपत्यकामा पानी वितरण गर्ने । दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड बजेट,
३९) आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने,
४०) युरेनियमको व्यवसायिक उत्पादन गर्न सम्भाव्यता अध्ययन गर्ने,
४१) काठमाडौंबाट सुरु भएको विद्युत लाइन भूमिगत गर्ने योजना भक्तपुर ललितपुर चितवन लगायत ठूला शहरमा विस्तार गरिने,
४२) ललितपुरको गोदाबरीमा ३ हजार क्षमताको सभाहल निर्माण गरिने,
४३) मदन भण्डारी राजमार्ग ५ वर्षभित्र र हुलाकी राजमार्ग ३ वर्षभित्र निर्माण गरिसक्ने,
४४) पूर्व पश्चिम राजमार्गलाई ३ वर्षभित्र एसियाली स्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट,
४५) काठमाडौं तराई फ्रास्ट ट्र्याक ३ वर्षभित्र सम्पन्न गर्ने । ८ अर्ब ९३ करोड बजेट विनियोजन,
४६) रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्र भित्र्याइने,
४७) रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट,
४८) अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ अर्ब,
४९) शिक्षा क्षेत्रलाई एक खर्ब ७२ करोड, १८०० विद्यालय भवन बन्ने,
५०) सांसद विकास कोषको बजेट घट्यो, एक निर्वाचन क्षेत्रलाई ४ करोड,
५१) प्रशासनिक खर्चमा कटौती । कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज,
५२)नेपालगञ्ज र भैरहवामा आईसीपी, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गरिने,
५३) अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन,
५४) सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट,
५५) सरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने,
५६) काठमाडौं–तराई द्रुतमार्गको बजेट ८ अर्ब ९३ करोड

Tuesday, September 24, 2019

फिफा द बेस्ट अवार्ड २०१९
•उत्कृष्ट पुरुष खेलाडी ⇨लियोनल मेस्सी(अर्जेन्टिना/ बार्सिलोना)( सबैभन्दा धेरै ६ पटक)
•उत्कृष्ट महिला खेलाडी ⇨मेगन रापिनोइ(अमेरिका र रिजन Fc)
•उत्कृष्ट पुरुष गोलकिपर ⇨अलिसन  बेकर(ब्राजिल/लिभरपुल)
•उत्कृष्ट महिला गोलकिपर ⇨सरि भभेनेनडाल(नेदरल्याण्ड)
•उत्कृष्ट पुरुष प्रशिक्षक ⇨जुर्गेन क्लोप(लिभरपुल)
•उत्कृष्ट महिला प्रशिक्षक ⇨जिल इलिस( अमेरिका)
•फिफा पुस्कास अवार्ड ⇨डेनियल जोसोरि( हङ्गेरी)
•फिफा फ्यान अवार्ड ⇨सिल्भिया ग्रेक्को
•फिफा फेयर प्ले अवार्ड ⇨मार्सेलो बाइल्सा र द लिड्स युनाइटेड

Sunday, May 28, 2017

मिति २०७४-०२-१३ गते लाेकसेवा अायोेगबाट लिर्इएकाे खरिदार पदकाे पश्न तथा उत्तरहरु । 
1.विहानीको तारा भनेर कुन ग्रहलाई चिनिन्छ??
- वुध
2. गोवि मरुभुमी कुन महादेशमा पर्दछ??
- एसिया
3. सुन तथा हिरा सवैभन्दा धेरै पाईने महादेश कुन हो?
- अफ्रिका
4. जोडा मिलाउनुहोस..!! 

वर्मा-म्यानमार
मोसापोटामिया-ईराक
पर्सिया-ईरान
गोल्डकोष्ट-घाना
5.नेपालमा महानगरपालिकाको संख्या कतिछ?
- 4 वटा
6.पातल भुमेश्वर गुफा कहा पर्दछ??
-वैतडी
7.क्षेत्रफलको हिसावले ठुला जिल्ला क्रमश कुन कुन हुन??
- डोल्पा,हुम्ला,ताप्लेजुङ,गोरखा
8.रुसी सेनालाई के भनिन्थ्यो??
- लाल सेना
9. नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेवाट भयो?
- वि.स 2022 पौष 1
10. नेपालको संविधानमा कति भाग,धारा र अनुसुचि छन?
- 35 भाग 308 धारा 9 अनुसुचि
11. नेपाल सरकारको कानुनी सल्लाहकार को हुन्छ?
- महान्यायधिवक्ता
12.जोडा मिलाउनुहोस..!!
भक्ति थापा-देउथल
अमरसिंह-अल्मोडा
उजिरसिंह-मलाउ
13. नेपालको राष्टिय गान कहिले सार्वजनिक भएको हो?
- वि.स 2064 साउन 18
14. लिच्छवीकालमा राजकिय भाषा कुन थियो??
- संस्कृत
15. जैविक विविधता को हिसाब ले पहिलो ?
- ब्राजिल
16. दोस्रो विश्व युद्ध पछि हिरोसिमा मापुग्ने अमेरिकि रास्ट्रपति ?
-बाराक ओबामा
17. तेह्रौ साग गेम कहा हुने भएको छ??
- नेपालमा
18.नेपालमा भएका सार्क सम्मेलन कुन कुन हुन??
- तेस्रो , एघारौ र अठारौं
19. मृगौला दिवस कहिले ?
- मार्च ९
20. WHO को स्थापना?
- 1948
21. दिगो बिकासको लक्ष्य र उपलक्ष्य ?
- 17 लक्ष्य 169 उपलक्ष्य
22 संखधर शाख्वा कहिले बिभुती भए?
- दिएका मध्ये अनुसार 2056 मंसिर 3
23. जोडा मिलाउनुहोस..!!
जनसंख्या दिवश-जुलाई 11
वातावरण दिवश-जुन 5
पानी दिवश-मार्च 22
24.जोडा मिलाउनुहोस..!!
मानाङ्क-मानदेव
ईन्द्रजात्रा-गुणकामदेव
मानापाथि-रामशाह
25.जोडा मिलाउनुहोस..!!
मारियो-जागर गाथा
खैजडी- भजन
26. राष्टिय जनगणना वि.स 2068 अनुसार LPG ग्यास प्रयोग गर्ने कति छन??
- 21%
27. universer receiver blood grouo?
- AB
28. जोडा मिलाउनुहाेस । 
-आन्तरिक
-स्थायी
-अस्थायी
29. जोडा मिलाउ
-सर्प संग्रहालय
-चमेरो संग्रहालय
30. नेपाल मा बनेको पहिलो चलचित्र
- आमा
31. नेपाल संग दोस्रो दैत्री सम्बन्ध कायम भएको रास्ट्र?
- अमेरिका
32.तलका भनाई कुन ठिक?
1. किरात धर्म विशेष गरी राई लिम्वुले मान्छन
2. वोन धर्म नेपालको विशेष गरी उत्तरी भेगमा
मान्ने गरिन्छ
- दुबै ठिक

Sunday, March 5, 2017

याे फार्इल तलकाे निलाे अक्षरमा अाेके गरेपछि डाउनलाेड गर्न सकिन्छ । 
Source: By
Santa Bahadur Bitalu
Exam Roll No.: 570540/2067
T.U. Reg. No.: 9-1-57-0249-96

Friday, June 10, 2016


1. शून्य डिग्री सेल्सियस (0°C) तापक्रममा ध्वनिको वेग पानीमा कति हुन्छ (एकाइ सहित)?
1500 m/s
2. कुनै माध्यमको चरमकोण (Critical Angle) 30° छ भने त्यस माध्यमको रिफ्राक्टिभ इन्डेक्स (Refractive Index) कति हुन्छ ?
2
3. टेलिफोनको घण्टी (Telephone Ring) बज्दा कति डेसिबेल (Decibel) को ध्वनी उत्पन्‍न हुन्छ ?
80 डेसिबेल (80 Decibel)
4. Tartaric acid को रसायनिक शुत्र के हो ?
C4H6O6
5. स्टाण्डर्ड वायुमण्डलीय चाप (Standard Atmospheric Pressure) को मान कति हो ?
760 mm of Hg
6. जर्मेनियम (Germanium) को पारमाणिक संख्या कति हो ?
32
7. मानव मुटुको बाहिरी भागमा रहेको पातलो आवरणलाई के भनिन्छ ?
पेरिकार्डियम (Pericardium)
8. सजिबहरुको वैज्ञानिक नाम कुन भाषाको शब्दबाट राख्‍ने चलन छ ?
ल्याटिन (Latin)
9. इन्टरन्टका पिता भनेर कसलाई चिनिन्छ ?
भिन्ट सर्फ (Vint Cerf)
10. नेपालमा रेडियो पेजिङ (Radio Paging) र मोबाइल टेलिफोन (Mobile Telephone) सेवाको सुरुवात कहिलेबाट भएको हो ? (AD मा भन्‍नुहोस्)
सन् 1999
11. नरभूपाल शाहले नुवाकोट आक्रमण गर्दा गोर्खाली सेनाको सेनानायक को थिए ?
जयन्त राणा
12. सप्‍तकोशी बिहारको कुन ठाउँमा पुगेपछि गंगामा मिल्छ ?
करसेला
13. "एवस्ट्राक्ट चिन्तन र प्याज" कृतिका लेखक को हुन् ?
शंकर लामिछाने
14. "धवला" कुन जातिको पर्व हो ?
ब्यासी
15. सार्क विकास कोषको कार्यालय कुन देशमा छ ?
भुटान
16. एउटा मेशीनको हालको मुल्य रु. 10,000 छ । प्रति वर्ष 8% को दरले मूल्य ह्रास हुँदा 2 वर्ष पछि हुने मुल्य पत्ता लगाउनुहोस् ।
8,464
17. एउटा गा.वि.स.को जनसंख्या 13,310 छ जबकी त्यस गाउँको जनसंख्या वृद्धिदर 10% छ भने कति वर्ष पहिलेको जनसंख्या 10, 000 थियो होला ?
3 वर्ष
18. रु. 7,500 को बार्षिक 10% ब्याजदरले 3 वर्षमा हुने मिश्रित ब्याज र साधारण ब्याज अन्तर कति होला ?
रु. 232.5
19. कुनै वर्गको परिमिति 64 मि. छ भने सो कोठाको क्षेत्रफल निकाल्नुहोस् ।
256 m2
20. 50 जना विद्यार्थीहरुको औसत अंक पत्ता लगाउँदा 50 भएछ । तर पछि अर्कोले त्यस हिसाबलाई राम्ररी जाँच गर्दा दुईजनाको अंक गलत राखेर हिसाब गरेको ठहर गरेछ । ती दुईजनाको अंक त्रुटी सच्याउँदा पछि 49 र 51 अंकले वृद्धि भएछ । अब विद्यार्थीहरुको शुद्ध औसत अंक कति होला ?
52
संकलक : Prashant Shrestha 

Thursday, June 9, 2016

  • चुरे पर्वतवारे सँक्षेपमा लेख्नुहोस् । ५ 

उत्तरM नेपालको सवैभन्दा दक्षिणी भागमा अवस्थित पुर्व देखि पश्चिम सम्म फैलिएको ६१० मिटर देखि १८७२ मिटरसम्मको उचाई भएको पर्वत मालालाई चुरे पर्वतमाला भनिन्छ । यसलाई भारतमा शिवालिक पर्वतमाला र वर्मामा ईरावादी पर्वत माला भनिन्छ । चुरे पर्वत वालुवा , कङ्कड , पत्थर , अभ्रख आदि मिश्रीत भई बनको छ । पुर्वमा होचो तर पश्चिम तफै क्रमशM अग्लिदै चुरे पर्वतको सवैभन्दा अग्लो भाग ९४६२ फिट उचाई ( गार्वा ) कैलाली जिल्लामा पर्दछ । चुरे पर्वत पुर्वमा ५ माईल , मध्य तराईमा १० माईल , दाङ देउखुरी उपत्यकामा १२ माईल र सुदुरपश्चिममा ५ माईल फराकिलो भएको छ । 

Tuesday, June 7, 2016

१.गण्डकी अञ्चलका विभिन्न भागमा वसोवास गर्ने गुरुङ, मगर , दुरा समुदायमा प्रचलित घाटु नाच बसन्त पञ्चमीका दिन सुरु भई बैसाख पुर्णिमाका दिन समाप्त हुन्छ ।
२.बसन्त पञ्चमीका दिन तीन चार जना कन्याहरुलाई नुवाईधुवाई गरी तिनलाई बोकेर शुद्ध घरमा लगेर राखिन्छ । पछि तिनमा भाकल गराई गुरु तथा गायन टोली समक्ष राखेर देवीदेवताहरुमा लिन गराईन्छ ।
३.घाटु जगाई देवि देवताको अंश चढेकी केटीलाई घाटुली भनिन्छ ।
४.घाटुलिले नाच्दा छिटको गुन्यु, चोली , घलेक , पटुका , लगाउने तथा शिरमा रंगीविरंगीहरु पाताहरु
सजाउँछन् । 
५.यस नाचमा मादल तथा हातकोे ताली बजाईन्छ । प्रौढ स्त्री तथा पुरुष गित गायनमा सरिक हुन्छन् । 



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 82 ) Corporation ( 63 ) Culture ( 24 ) Force ( 56 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 52 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 122 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 106 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (11) Banks (82) Corporation (63) Culture (24) Force (56) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (52) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (122) Rules (8) tips tricks (21) TSC (106) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ । ✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले ✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामत...

Recent

Popular Posts