Showing posts with label Places. Show all posts
Showing posts with label Places. Show all posts

Sunday, March 5, 2017

याे फार्इल तलकाे निलाे अक्षरमा अाेके गरेपछि डाउनलाेड गर्न सकिन्छ । 
Source: By
Santa Bahadur Bitalu
Exam Roll No.: 570540/2067
T.U. Reg. No.: 9-1-57-0249-96

Friday, February 3, 2017

अत्यन्त महत्वपुर्ण विश्व समसामयीक जानकारी हेर्न छुटाउनु भयाे कि? 
* बेलायतमा जनमत संग्रह : 23 जुन 2016
* मेसि सन्यास घोषणा : 27 जुन 2016
* मदर टेरेसालाइ सन्त घोषणा : 2 सेप्टेम्बर 2016
* टेरिजा मे प्रधानमन्त्री : 13 जुलाई 2016
* जुनो यान वृहस्पतिमा पठाएको जुलाई 4
* बुज अल्ड्रील नेपाल आएका : 5 sep( 20 भाद्र)
* EPG को बैठक जुलाई 4-5, 2016
* युरोकप सञ्चालन जून 10 - जुलाई10 सम्म । युरोकप बिजेता,२०१६ पोर्चुगल
* कोपा अमेरिकिकप फुटबल 2016 बिजेता राष्ट्र चिलि बन्यो।
* अफगानिस्तानमा 14 को घटना जुन 20,2016( 2073/3/6)
* अफगानिस्तान WTO को सदस्य जुलाई 29
* टर्किमा असफल कु जुलाई 15, 2016
* 11 G-20 सम्मेलन चिनमा सेप्टेम्बर 4-5
* पानामा पेपर्स अप्रिल 4
* मदर टेरेसालाइ सन्त घोषणा 4 सेप्टेम्बर
* 88 औं ओस्कार अवार्ड स्पटलाइट
* असङ्लग्ना 17 औं शिखर सम्मेलन भेनेजुयलामा सेप्टेम्बर 17-18 भएको छ। नेपाल बाट उपराष्टपति नन्दबहादुर पुन हुनुहुन्छ ।
* आशियानको २९ औ शिखर सम्मेलन २०१६ सेप्टेम्बेर ६-८ लाओसमा भयो।
* 144 औं एल साल्भाडाेर देश सङ कुटनैतिक सम्बन्ध स्थापित सन 2016 सेप्टेम्बर 21
* मङगल ग्रहमा 9.8 किमि ब्यास भएको खाल्डोको नाम लाङटाङ राखिएको छ। ( 2016 जुन 14)
* पहिलो उपमहा सचीव लुई फ्रेच्टो क्यानडा नियुक्ति 1998 फेब्रुअरी 12- 2006 सम्म।
* विश्व कै लामो समय अवधिसम्म राजा भएका थाइल्यान्डका राजा भुमिबोल अदुल्यादेजको निधन सन 2016 अक्टोबर 13 भयो।
* BRICS को 8 औ सम्मेलन अक्टोबर 15 16 देखि गोवामा भारत भयो ।

* विश्व भोकमरी सुचचाङ्क- 2016 अनुसार नेपाल 72 औं स्थानमा परेको छ।
* UNO को 9 औं महासचिव मा सन 2016 अक्टोबर 6 मा UNO को महासभाले पोर्चुगलका एन्टोनिया गुटेरेज लाई नियुक्त गर्ने निर्णय गर्यो। पद तथा गोपनियताको सपथ 12 डिसेम्बरमा लिएका हुन।(कार्यकाल 1 जनवरीबाट सुरु)
* महिला पहिलो सगरमाथा आरोही जुन्के ताइवाको मृत्यु 22 अक्टोबर 2016 मा भयो। ( आरोहण 1975 मे 16-बि.स. 2032/2/2)
* भारतमा रु. 500 र रु.1000 को नोट बन्द(economic surgical trick) 9 नोभेम्बर 2016 देखि भयो।
* क्युबाकाे पुर्बराष्ट्रपति फिडेल क्यास्ट्राेकाे निधन, २०१६ नाेभेम्बर २५ मा भयाे।
* ब्राजिलको A डिभिजन फुटबल खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटना 29 नोभेम्बर 2016 मा भयो।
* 2016 को 29 औं विश्व एड्स दिवस को नारा " हामी सबैको काम,HIV को रोकथाम" हो। यो दिवश सन 1988 देखि मनाउन थालेको हो।
* तमिलाणुकी मुख्य मन्त्री जयललिताको मृत्यु 5 डिसेम्बर 2016
* पाकिस्तानमा हवाई जहाज दुर्घटना डिसेम्बर 2016
* "टाइम पर्सन ओफ द इयर 2016" अमेरिकि नवनिर्वाचित राष्ट्रपनि डोनाल्ड ट्रम्प।
* 13 अाै साग सन् २०१९ मा हुने भएकाे छ।
* अासियानकाे १९अाै शिखर सम्मेलन लाओसमा सम्पन्न भयो।
* बेलायतका विश्व प्रसिद्ध गायक जर्ज माइकलको मृत्यु 25 डिसेम्बर मा भयो।
* Miss world-2016 हुने युवती स्टेफनी डेल ( प्युर्टोरिको)
* टर्किका लागि रुसि राजदुतको हत्या डिसेम्बर 19 मा भयो। 2017
* महेन्द्र सिंह धोनीले वान डे कप्तानी बाट सन्यास , 4 जनवरी 2017
* FIFA बर्ष खेलाडी 2016 कृष्टिना रोनाल्डो
* FIFA ले विश्वकपमा सन 2026 देखि 48 देशलाई 80 ओटा खेल खेलाउने नियम पारित जनवरी 10 मा गर्यो।
* अमेरिकी राष्ट्रपति वाराक ओबाको कार्यकालको अन्तिम सम्बोधन 10 जनवरी।
* चन्द्रमामा पुग्ने अन्तिम अन्तरीक्ष यात्री ( अपोलो-17 मार्फत) युजन सर्जनको 82 वर्षको उमेरमा निधन जनवरी 18 । उनले 1999 मा "The last man of the moon" आत्मावृतान्त लेखेका थिए।
प्रकाशितः २०७३।१०।२१

Wednesday, December 28, 2016


नेपालकै टप मानिने IQ मास्टर कुमार तिमल्सिना का IQ Tips हरू । 

१. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ ।


२. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ ।



३. सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ । एउटा विषयमा राम्ररी जान्ने तर अर्कोमा फेल नै हुने अवस्था आयो भने लोकसेवाको परीक्षा पास हुने सम्भावना रहँदै रहँदैन ।



४. खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ, शाखा अधिकृतको तयारी गर्नेहरूले विश्लेषणमा जोड दिनुपर्छ ।



५. शाखा अधिकृतको लागि चौथो पत्र छान्दा आफूलाई सजिलो लाग्ने वा आफूले पढेकै विषय छान्नुपर्छ, साथीभाइको लहलहैमा लागेर चौथो पत्र छान्नु हुँदैन ।



६. सामान्य ज्ञान (जीके) चाहिँ घोक्नैपर्ने विषय हो । तर खरिदारका लागि पढ्ने जीके अधिकृतका लागि पनि काम लाग्छ ।



७. आइक्युले मान्छेलाई नयाँपनको आभास गराउँछ । आइक्युमा राम्रो गर्न सक्ने विद्यार्थीले अरू सबैमा राम्रो गर्न सक्छ । 



८. आफूले पढेका कुरामा स्पष्ट धारणा बनाउनुपर्छ । पढ्दा सकेसम्म दिमागमा सो विषयको चित्र नै उतारेर पढ्नुपर्छ । पढेको विषयमा पनि स्पष्ट धारणा बनेन वा सामान्य जानकारी पनि रहेन भने चाहिँ सोही विषयमा थप मेहनत गरिहाल्नुपर्छ ।



९. गुणन, भाग, जोड र घटाउका सामान्य नियमहरू जान्नुपर्छ । परीक्षामा हिसाब गरेर बस्यो भने काम लाग्दैन । अहिले त क्याल्क्युलेटरको प्रयोगले मान्छेले आफैंलाई विश्वास नगर्ने अवस्था आइसक्यो ।



१०. लेख्ने पेपरमा पढेर मात्रै पुग्दैन । हरेक दिन १५ मिनेट पढेर १५ मिनेटमै एउटा प्रश्नको उत्तर लेख्ने बानी विकास गर्नुपर्छ । यसले आफूलाई राम्रो मात्रै बनाउँदैन परीक्षाको लागि पनि सजिलो हुन्छ ।



११. कुन कुरालाई कहाँ राख्ने भन्ने कुरामा चाहिँ ख्याल गर्नुपर्छ । शव्द चयन र सिलसिला मिलाएर लेख्न सक्नुपर्छ । 



१२. हरेक शीर्षकमा एउटा धारणा चाहिँ बनाउने । जस्तै मुसहर जातिको बारेमा परीक्षामा लेख्न आयो, तर यसका बारेमा आफूलाई केही पनि थाहा भएन । तर त्यसमा पनि नेपालमा विभिन्न जात–जाति धर्म संस्कृति छन् । त्यसमध्ये मुसहर पनि एक हो । यसका पनि आफ्नै प्रकारका विशेषता छन् । मुसहर समुदायका मान्छेले आफ्नो जाति अनुसारका चाडपर्व खुब रमाइलो गरेर मनाउँछन् । त्यसैले मुसहर जाति पनि नेपालको एउटा महत्वपूर्ण जाति हो भनेर चाहिँ लेख्नसक्ने बन्नुपर्छ ।



१३. लोकसेवाको परीक्षा भनेको सुन्दरी प्रतियोगिता हो, त्यहाँ कसलाई राख्ने भनेर मात्रै जाँच लिइएको हो । हैन भने जागिरका लागि सबैजना पहिल्यै योग्य हुन्छन् । त्यसैले जाँचकीको नजरमा भ्रम छर्नेगरी उत्तर लेख्नुपर्छ ।



१४. पहिलेदेखि नै राम्रो गर्दै आएको विद्यार्थीले एक महिना पढेपनि नाम निकाल्न सक्छ । अरू सामान्य विद्यार्थीले ६ महिनासम्म कम्तीमा दिनको पाँच घण्टा पढ्यो भने नाम निकाल्छ ।



१५. तनाव राखेर पढ्नु हुँदैन । आफूले राम्रै गर्दागर्दै पनि नाम निस्किएन भने चाहिँ आफ्नो शैली बदलेर पढ्नुपर्छ ।
१६. हरेक कुरासँग अभ्यस्त हुने कोशिश गर्नुपर्छ । पत्रपत्रिकामा आउने विचारहरू दैनिक पढ्यो भने समसामयिक ज्ञान राम्रो हुन्छ । तर हाम्रो नराम्रो बानी के छ भने हामी नाकैमुनि ठेस लाग्दा पनि देख्दैनौं । सडकछेउमा चेलीबेटी बेचबिखन नगरौं भनेर लेखेको प्रचार टाँसेको हुन्छ । तर हामीले ख्याल गर्दैनौं । तर सोही विषय बारेको ज्ञान लिइहाल्ने कोशिश गर्नुपर्छ ।



१७. विद्यार्थीको कमजोरी कापीमा देखिनु हुँदैन । बडा कूटनीतिक तरिकाले उत्तर दिनुपर्छ । मौलिक हक अन्तर्गत सूचनाको हकको बारेमा लेख्न आयो तर कुन धारामा त्यो हक छ भन्ने ‘कन्फ्युजन’ भयो भने जान्ने भएर धारा उल्लेख गर्नु हुँदैन । धारा उल्लेख नगरेपनि व्याख्या त राम्रोसँग गर्न सकिन्छ । यसरी कमजोरी लुकाउनुपर्छ किनकि जाँचकीले अनुहार त हेर्दैन ।



१८. लोकसेवा यही तरिकाले पढ्नुपर्छ भन्ने कुनै सूत्र छैन । आइक्यु चाहिँ ट्रिक लगाउने कुरा हो । मान्छेलाई मान्छे मन परेको कुरालाई आइक्युसँग तुलना गर्नुपर्छ किनकि त्यो मान्छे किन मन प–यो भन्ने चाहिँ अरूलाई थाहा हुँदैन । आइक्यु पनि त्यस्तै विषय हो ।



१९. किताब मात्रै पढ्ने मान्छे कहिल्यै पास हुँदैन । जीकेबाहेकका अरू कुरामा मौलिकता सबैभन्दा ठूलो कुरा हो । त्यसैले सिर्जनशील बन्नुपर्छ ।



२०. लोकसेवा निकाल्छु भनेर सोच्ने मान्छेले निरन्तरता दिन सक्नुपर्छ । नेपालीहरूमा धैर्य गर्ने बानी एकदमै कम छ । लोकसेवा परीक्षा तयारीका लागि धैर्य चाहिन्छ ।

प्रकाशित मितिः २०७३-०९-१२


Tuesday, June 7, 2016

१.गण्डकी अञ्चलका विभिन्न भागमा वसोवास गर्ने गुरुङ, मगर , दुरा समुदायमा प्रचलित घाटु नाच बसन्त पञ्चमीका दिन सुरु भई बैसाख पुर्णिमाका दिन समाप्त हुन्छ ।
२.बसन्त पञ्चमीका दिन तीन चार जना कन्याहरुलाई नुवाईधुवाई गरी तिनलाई बोकेर शुद्ध घरमा लगेर राखिन्छ । पछि तिनमा भाकल गराई गुरु तथा गायन टोली समक्ष राखेर देवीदेवताहरुमा लिन गराईन्छ ।
३.घाटु जगाई देवि देवताको अंश चढेकी केटीलाई घाटुली भनिन्छ ।
४.घाटुलिले नाच्दा छिटको गुन्यु, चोली , घलेक , पटुका , लगाउने तथा शिरमा रंगीविरंगीहरु पाताहरु
सजाउँछन् । 
५.यस नाचमा मादल तथा हातकोे ताली बजाईन्छ । प्रौढ स्त्री तथा पुरुष गित गायनमा सरिक हुन्छन् । 



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 82 ) Corporation ( 63 ) Culture ( 24 ) Force ( 56 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 52 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 122 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 106 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (11) Banks (82) Corporation (63) Culture (24) Force (56) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (52) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (122) Rules (8) tips tricks (21) TSC (106) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ । ✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले ✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामत...

Recent

Popular Posts