Showing posts with label health. Show all posts
Showing posts with label health. Show all posts

Thursday, January 30, 2020

एक पटक हेराै त परिक्षामा आउन सक्छ है?
>भारतभन्दा २२ गुना
>चिनभन्दा ६५ गुना
>रूसभन्दा ११६ गुना सानाे छ भने ;
>बहराइन भन्दा 120  गुना ठुलाे छ

>चुरे क्षेत्र : ३६ जिल्ला
>चुरे संरक्षण क्षेत्र :२६ जिल्ला
>चुरे जलाधार सरंक्षण कार्यक्रम : १३ जिल्ला
>चुरे वातावरण क्षेत्र लागू: २ जिल्ला
>अधिकबर्षकाे अबधारणा ल्याउने ईरिस्टाेनेथेनेस
>अधिकबर्ष पत्ता लगाऊने जुलियस सिर्जस
>ट्यांकर क्यालिब्रेसन टावर निर्माण हेटौडा
>पर्यटन सुचना केन्द्र २०७६ असार १७ ठमेल
>प्रधानमन्त्री राेजगार कार्यक्रमकाे सुरूवात २०७५/११/१
>सडक मानब मुक्त जिल्ला मकवानपुर
>२०१८ मा बिश्व ताल सम्मेलन पाेखरा
>G77 बिकाशाेन्मुख मुलुकहरुकाे समुह
>मौसमि राडर सुर्खेत काे रातानाङला
>पेपरलेस मन्त्रीपरिषदको पहिलाे बैठक २०७५/साउन/१०
>मट्रियल महासन्धि प्रतिनिधि सभाबाट पारित २०७५/भदौ /७लागु >२०७५/मंशिर २९
>रबर २०४७ झापा
>ट्रपल २०७० राेल्पा
>लगानि सम्मेलन चैत १५-१६
>Right to reject 2070 /9/21
>कर्मचारि सञ्चयकाेषका कर्मचारि काे लगानिमा बन्न लागेकाे जलबिद्युत आयाेजना बेतना कर्णालि ६८८ मेगावाट
>हातिपाईले कुष्ठरोग बालबिवाह भिजिट नेपाल २०२० सग सम्बन्धित छ
>औलाे र भाेकमरी २०२५
>मेयरसंग कृषि कार्यक्रम सुनसरीकाे ईटहरी
>तेस्राे लिङ्गीकाे आत्मकथा भूमिका श्रेष्ठ
>मालिकार्जुना मन्दिर दार्चुला
>नेपालकाे तापक्रम बृदि १.६ ° पछिल्लो ३० वर्ष मा
>बिश्वमा सबैभन्दा बढि आयकर लाग्ने देश बेल्जियम
>सघिय संरचना अनुसार नेपालकाे प्रशासनिक नक्सा सार्बजनिक २०७५/फागुन /२३
>नेपालकै पहिलाे मानवअधिकार मैत्रि गाउ राचुली गाउ कालिकाेट
>कति बर्ष भित्र बैदेशिक रोजगारलाई निरूत्साहित गरिने भयकाे छ ५ बर्ष
>दुर्लब जातिका रेडपाण्डा प्रजनन केन्द्र स्थापना गरिने भयकाे छ सन्दकपुर गाऊ ईलाम
>चन्द्रमा मा पहिलाे पटक बिरूवा ऊमार्न सफल देश चिन कपास
>दुध दिवस जुन १
>नेपालमा हाल तारे हाेटेल १३०
>दलितकाे जिल्ला सप्तरी
>साइकल दिवस जुन ३
>चाम्चे झरना लमजुङ
>अलैचि जाेन ताप्लेजुङ
>अफ्रिका पता लगाउने डेभिड स्टाेन

Sunday, February 19, 2017

पृथ्वीमा रहेका ७ महादेशहरुका केही महत्त्वपूर्ण जानकारीहरु 
 एसीया महादेश
- क्षेत्रफल >> ४३९९९००० वर्ग कि. मि
-विषेशता >> सबै भन्दा ठुलो
-अबस्थिति >> १०° दक्षिण देखि ७८° ऊत्तरी अक्षांश र २५ं पुर्व देखि १७०° पूर्बी देशान्तरबीच
- उत्तर दक्षिण चौडाई>> ८६०० Km
-पुर्व पश्चिम लम्वाई >> ९६०० Km
- सबै भन्दा लामो हिमनदि>> सियाचेन
-सबै भन्दा लामो नदि >> यान्जे नदि
-जनसंख्या >> ५४%
-विश्बको ओगटेको भाग >> २९.९२%
-धेरै भाषा बोलिने देश >> भारत
-ठुलो देश >> चिन(एसियाको)
-विषमताको देश >> एसिया
- Home of man >> एसिया
अफ्रिका महादेश
- दोस्रो ठुलो महादेश
- क्षेत्रफल >> २९७८५००० Km
-अबस्थिति>> ३७° उत्तर देखि ३५° दक्षीण अक्षांश र २०° पश्चिम देखि ५०° पूर्वी देशान्तरबीच
-विषेशता >> कालो अध्यारो महादेश
-किन कालो अध्यारो महादेश >> काला जातिको बाहुल्यता धेरै भयको कारणले
-उत्तर दक्षिण लम्वाई >> ८००० km
-पूर्व पश्चिम चौडाई >> ७४४० km
- लामो हिमनदि - किलिमाञ्जरो
-यो महादेशको जानाकारी गराउने पहिलो व्याक्ती
>> डेभिड लेभिङ स्टोन
- घासे मैदान >> भेल्ड
- सबै भन्दा बढि भाषिक बिबिधता भयको
- विश्वको ठुलो मर्भुमी यसैमा छ (सहारा)
- सर्बोच्च शिखर >>किलिमाञ्जरो(५८९५m)
- ऊच्च समस्थलको महादेश भनेर चिनिने
-ठुलो देश >> अल्जेरिया
-सानो देश >> सेसेल्स
- सबै भन्दा ठुलो हिरा खानी यहि छ (किम्वरखान )
- यश महादेशलाई झन्डै भुमध्य रेखाले बीचबाट काटेको छ
- सबै भन्दा होचो भाग >> लेक असाल
- उष्ण सदाबहार जंगललाइ के भनिन्छ
>> Rain Forest
उत्तर अमेरिका महादेश
-तेस्रो ठुलो महादेश
- बिशेषता >>नया संसार भनि चिनिने महादेश
-क्षेत्रफल >> २४३२०००० वर्ग Km
- ओगटेको क्षेत्रफल >> १६.९%
-उत्तर दक्षिण लम्वाई >> ७२०० km
- पूर्व पश्चिम चौडाई >> ४८०० km
-लामो नदि >> मिसिसिपि मिसौरि(६२४०)
-लामो हिमनदि >> हवार्ड
- यो महादेश कसले पत्ता लगायका
>> क्रिस्टोफर कोलम्बश (सन् १४९२ मा )
- ठुलो देश >> क्यानडा
-सानो देश>> सेन्ट किट्स एन्ड नेभिस
-अग्लो चुचुरो >> मेकिन्ले(६१६४ m Usa)
-होचो भाग >> डेथ भ्याली (अमेरीका )
-ताजा पानिको ताल >> सुपेरियर (यसैमा छ )
-विश्वको सबै भन्दा ठुलो गुम्बज >> एस्ट्रोडम
- पश्चिमी गोलार्धको महादेशले पनि चिनिने
- बिश्वको ठुलो नेशनल पार्क रहेको(उड बफेलो)
दक्षिण अमेरिका महादेश
- चौथो ठुलो महादेश
- क्षेत्रफल >> १७७९८५०० वर्ग कि मि
- ओगटेको भुभाग >> ११.९ %
-उत्तर दक्षिण लम्वाई >> ७४४२ कि मि
-पूर्व पश्चिम चौडाई >> ५२२१ किमि
-लामो हिम नदि >> पेरिटो मोरिनो
- सबै भन्दा अग्लो एन्जल झरना रहेको
-उच्च भुभाग >> माउन्ट एकान्कागुआ
-होचो भुभाग >> Peninsula valdes
- उचाईमा रहेको ताल >>
टिटिकाका(३८१०m ) पेरु
- सबै भन्दा ठुलो नदि यसैमा छ (अमेजन )
-ठुलो देस >> ब्राजिल
- सानो देस >> ट्रिनिडाड एन्ड टोवागो
- सबै भन्दा जाडो हुने ठाउ >> रिकाडाभिया
 अन्टार्कटिका महादेश
- पाचौ ठुलो महादेश
- क्षेत्रफल >> १३०००००० वर्ग किलोमिटर
-ओगटेको भुभाग >> ८.९%
- विश्वको ९०% हिउँ रहेको छ (९८% ढाकेको छ )
-बिशेषता >> मानव बसोवास नभएको
- Ice sheet उपनामले चिनिने
- सुन्दरि पंक्षि किवीका लागि प्रसिद्ध महादेस
-अग्लो भुभाग >> भिन्सन म्यासिफ
- होचो भुभाग >> बेन्टले सब ग्लासिएल ट्रेन्च
युराेप महादेश
- छैटौ ठुलो महादेश
- क्षेत्रफल >> १०४९८००० वर्ग किमि
-ओगटेको भुभाग >> करिव ७%
-पूर्व पश्चिम लम्बाई >> ६४०० km
-उत्तर दक्षिण चौडाई >> ४८०० km
- बिशेषता >> प्रायद्धिप हरुको पनि प्रायद्धिप ( तीन तिरवाट पानिले एक तिरवाट जमिनले घेरिएको जमिनलाई प्रायद्धिप भनिन्छ )
- ठुलो राष्ट्र >> रुस
- सानो राष्ट्र >> भ्याटिकन सिटि
- लामो हिमनदि >> भट्नाजोकुल
- लामो नदि >> भोल्गा
- ठुलो ताल >> लाडोगा (रुस)
- भुपरिवेष्ठित राष्ट्र >> १८ वटा छन
- Buffar Zone of Europe भनेर चिनिने देश
अस्ट्रलिया महादेश
- सबै भन्दा सानो महादेश
-टापु महादेश तथा कंगारुको महादेश
- क्षेत्रफल >> ७६८६३०० वर्ग कि मि
-ओगटेको क्षेत्रफल >> ५.३ %
- पूर्व पश्चिम सरदर लम्वाई >> ३९०० कि मि
-उत्तर दक्षिण चौडाई >> ३१५० किमि
अस्ट्रेलियाको घासे मैदानलाई >> डाउन्स भनिन्छ
- ठुलो नदि >> मरे डार्लीङ (३७५० किमि)
- नुनिलो पानिको ताल >> आइरा ताल
- अग्लो शिखर >> माउन्ट कोस्कियुस्को
- अग्लो भुभाग >> जाया पन्कक
- होचो भुभाग >> आईरा ताल
- सर्वाधिक मात्रमा उन उत्पादन हुने महादेश
प्रकाशितः२०७३/११/०८ तपार्इलार्इ जुनसुकै बेला पनि अावश्यक परेकाे कुराहरू यस बेबसार्इट बाट सजिलै पढन पाउनुहुने छ । 

Friday, November 25, 2016


नयाँ संविधानमा समावेश आयोगहरु
======================== 1) अख्तियार दुरूपयोग अनुसन्धान आयोग 2) लोकसेवा आयोग 3) निर्वाचन आयोग 4) राष्ट्रिय मानवधिकार आयोग 5) राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग 6) अन्य आयोगहरू #. महिला आयोग #. दलित आयोग #. समावेशि आयोग #. आदिवासि जनजाति आयोग #. मधेशि आयोग #. मुस्लिम आयोग #. थारू आयोग
माथि उल्लेखित आयोगका लागि ====================== ==> सदस्यको पदावधि.... 6 बर्ष ==> जम्मा सदस्य... 5 जना(अध्यक्ष सहित) ==> उमेरहद.... 65 बर्ष ==> तर NHRC को लागि उमेरहद तोकिएको छैन । ==> उमेर योग्यता... 45 बर्ष पुगेको ==> शैक्षिक योग्यता... स्नातक ==> तर PSC को लागि....स्नातकोत्तर ==> रा प्र तथा वि आयोग को लागि... सम्बन्धित बिषयमा बिशेषज्ञता चाहिने ।

Sunday, November 20, 2016


स्वास्थ्य, रोग तथा सरसफाइ सम्बन्धि जानकारी

#. स्वास्थ्य मन्त्रालयको स्थापना -> बि.सं २००७ #. पहिलो सरसफाइ गुरू योजना -> बि.सं २०६८ #. पहिलो खुदिमु गाविस -> प्रगतिनगर(नवलपरासी) #. पहिलो खुदिमु जिल्ला -> काँस्की #. पहिलो खुदिमु अञ्चल -> धवलागिरी #. राष्ट्रिय खानेपानी मापदण्ड -> बि.सं २०६६ #. WHO द्वारा पोलियो मुक्त देश घोषणा -> बि.सं २०७०-१२-१३ #. कूष्ठरोग मुक्त देश घोषणा -> बि.सं २०६६ माघ, ०५ #. बिफर मुक्त देश घोषणा -> बि.सं २०३४ १. जनगणना २०६८ ============= #. शौचालय सुविधा नभएको परिवार -> ३८.१७% #. फ्लसयुक्त शौचालय प्रयोग गर्ने परिवार -> ३३.४५% #. साधारण शौचालय प्रयोग गर्ने परिवार -> १९.४७% #. शौचालय सुविधा नभएको (ग्रामीण)-> ४५.११% #. शौचालय सुविधा नभएको (शहरी)-> ८.०९% २. जिका भाइरस =========== #. सर्वप्रथम देखियको -> युगाण्डा (सन १९४७) #. सर्वप्रथम देखियको स्थान -> बाँदर (जिका जंगल) #. अमेरिकी महादेशमा फैलिएको -> सन २०१५ देखि #. जिका भाइरस सार्ने लामखुट्टे -> एडिस प्रजाति ३. ईबोला भाईरस ============ #. सर्वप्रथम देखियको -> कंगो (जनावर) #. सर्वप्रथम देखियको जनावर -> चमेरो #. महामारी घोषणा -> सन २०१४ अगस्ट,८ #. मानवमा सर्बप्रथम देखियको -> सन २०१४ मार्च #. मानवमा सर्वप्रथम देखियको स्थान -> गिनी #. ईबोला मुक्त गरिएका देश -> सेनेगल र नाईजेरिया #. सेनेगल र नाईजेरिया ईबोला मुक्त -> १७ -२० Oct, २०१४
Source: Loksewa GK

Saturday, June 11, 2016

"अन्तर्वातामा कसरी सफल हुने"
अन्तर्वातामा सफल उम्मेद्धार दरिनका लागी अन्तर्वाताका मुलभुत पक्षहरुलाई बुझेर तत्तत विषयमा यथोचित तयारी गर्नु प्रथम र आधारभुत शर्त हुन जान्छ । त्यसैले ती महत्वपुर्ण मक्षहरुमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।


१. कुनै खास पेशा वा नाकरीमा प्रवेशका लागी योग्य ब्यक्ति छनोट गर्न परीक्षकले परीक्षार्थीलाई लिने मौखिक जाँच वा प्रश्नोतरलाई अन्तर्वाता भनिन्छ । अर्काे शब्दमा कुनै व्यक्तिको विचार, दृष्टिकोण साथै शारीरिक, मानसिक एव संवेगात्मक अवस्था वुझ्न आपसमा गरिने विशेष कुराकानी नै अन्वार्ता हो । कुनै पनि सरकारी वा गैरसरकारी संघसंस्था वा कार्यालयका लागी योग्य, दक्ष एब प्रभासाली व्यक्ति छनोट गर्न, अवलम्बन गरिने परीक्षाका बिभिन्न प्रकारमध्ये अन्र्वाता एक हो । उम्मेद्धारको शारिरीक, मानसिक, संवेगात्मक अवस्था, सामुहिक छलफल, तर्क गर्ने क्षमताका साथै समग्र ब्यक्तिको परिक्षण एव पहिचान गर्नका लागी अन्तर्वाता लिने गरिन्छ । 
२. ब्यक्ति कुनै कुरामा जानकार भएर मात्र हुदैन । त्यसलाई समग्र अभिव्यक्ति गर्न वा ठीक ढंगले प्रस्तुत गर्न र परिस्थितीअनुसार व्यवहारमा उतार्न सक्ने हुनु पर्दछ । त्यस्तो ब्यक्तिले मात्र कुनै पनि संस्थालाई अधिकतम योगदान दिन सक्छ । त्यसप्रकारको उम्मेद्धार छनौट गर्ने उद्देश्य अन्तर्वाताको हुने हुदा यस मर्मलाई हृदयमगरी प्रतियोगी सोहि बमोजिमको प्रतियोगीतामा जुटनु पर्दछ । 
३. समान्यतया जुन सुकै तह वा सेवासमुहको परिक्षामा सहभागि हुने परिक्षार्थीका लागी अन्तर्वाता कौतुहल, अन्योल र भयको विषय हुनसक्छ । विषयवस्तुको राम्रो तयारी हुदाहुदै पनि कतिपय अवस्थामा अफुलाई थाहा नभएको पश्न सोधिन सक्छ र नाजवापल बन्ने अवस्था आउने हुन्छ । तरा यस्तो अवस्था अपवादस्वरुप मात्र आउन सक्छ । यसरी अनुकुल वा प्रतिकुल जुनसकै अवस्थामा पनि आफुलाई सन्तुलित अवस्थामा राखेर अन्तर्वातामा प्रस्तुत हुन सक्नुपर्छ र सोहीअनुसार अन्वार्तापुर्व गरिने तयारीलाई घनिभुत पार्नुपर्छ । 
४. अन्तर्वाताको तयारी गर्ने क्रममा आफुले जुन तह, पद, सेवासमुह वा कार्यका लागी अन्तवार्ता दिने हो सो संग सम्बन्धित समाग्री संकलन गरी उपल्ब्ध समयको सहि बाँडफाड गरी राम्ररी अध्ययन अगाडि बढाउने साथै सहत्वपुर्ण तथ्यहरुको टिपोट बनाउनु पर्दछ । खासगरी अन्तर्वातामा सोधिने पश्नहरु प्राशित नहुने हुदा आफुले दिन चाहेको पदको कामका प्रकृती, हाल कुनै पद वा कार्यालयमा कार्यरत रहको भए सो संग सम्बन्धित कुराहरु, सम्बन्धित पाठ्क्रमका मुख्य विषयवस्तुका साथै सान्दर्भिक र सुचनामुलक समाचार एवम समसामयिक घटनाक्रमहरुका बारेमा गहन अध्ययन गरी जानकार बन्नुपर्दछ । महत्वपुर्ण एव सम्भाव्य पश्नहरु छनौट गरी त्यसको उत्तरको परिकल्पना गर्ने अभ्यास गर्नुपर्छ । उत्तरको स्पष्ट खाका दिमागमा भएपछि आवश्यकताअनुसार लम्ब्याएर प्रस्तुत गर्न सकने हुन्छ । आफु स्पष्ट नभएको वा अनभिज्ञ विषयवस्तुमा विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट जानकारी लिने प्रयत्न पनि हुनु पर्दछ । 
५. अन्तर्वातको लागी मेरो पहुँच पुग्दैन, नेता तथा मन्त्री चिनेको छैन, परिक्षा पक्षपातरहित हुदैन, परिक्षफल हतपति निस्कने होईन जस्ता नकारात्मक कुराहरुलाई दिमागबाट हटाई आफुलाई योग्य र सक्षम सावित गर्ने कुरामा मुख्य जोड दिनु बुद्धिमानीपुर्ण हुन्छ । त्यसका साथै अन्य प्रतियोगी भन्दा म कमजोर छैन, मैले पनि परिक्षाको तयारी राम्ररी गरेको छु, अन्तर्वार्ता लिने व्यक्तिहरु पनि म जस्तै हुन भन्ने ठानी अन्तर्वार्ताको वातावरणलाई समान्यीकरण गर्दै निडर, ढुक्क र आश्वस्त भई पश्नको जवाफ दिने गरी आफुलाई मानसिकरुपमा तयार पार्नुपर्छ । सोका लागी आत्मविश्वासका साथ मानसिक पुर्वाभ्यास गर्नु उपयुक्त हुन्छ । आफुलाई लागेको केही अप्ठेरोपन वा असहजपन अन्र्वार्ता सुरुसँगै सह बजेर आउछ । 
६. अन्तर्वार्ता समिती, अन्र्वार्ताको अंकभार निर्धारण एवम् अन्र्वार्ताको समय
७. खरिदार वा सो सहर पदको अन्तर्वार्ता लोकसेवा आयोग अञ्चल कार्यलय, नायब सुब्बा वा सो सरह पदको अन्तर्वार्ता आयोगको क्षेत्रिय कार्यलयले र शाखा अधिकृत, उपसचिव, वा सो सरहको पदको अन्तर्वार्ता केन्द्रिय कार्यालयले लिने गर्दछ । 
८. लोकसेवा आयोगको केन्द्रिय कार्यालयमा हुन अन्तर्वार्ता समितीमा समितीको अध्यक्ष, दक्ष एव विशेषज्ञ गरी कम्तीमा ३ सदस्य हुन्छन भने आयोगको क्षेत्रिय र अञ्चल कार्यालयमा हुने अन्तर्वार्तामा हुने अन्तर्वार्ताका लागी सम्बन्धित कार्यालय प्रमुखको अध्यक्षतामा अन्तर्वार्ता समिती गठन हुने व्यवस्था छ । यो समिती अन्तर्वार्ता हुनुभन्दा एक दिन अगाडि गठन हुन्छ । 
९. अन्तर्वार्तामा भाग लिने उम्मेद्धारसंग अन्तर्वार्ता समितीको अध्यक्ष वा सदस्य नाता पर्ने भएमा उक्त अन्तर्वार्तामा बस्न नपाउने व्यवस्था रहेको छ । 
१०. अन्ततर्वार्तामा अन्तर्वार्ताकारले दिन पाउने कुल अंकको अधिकतम ७० प्रतिशत तथा न्युनतम ४० प्रतिशत अंकको सीमा तोकिएको हुन्छ । सो सीमा बाहिर गई अंक दिनु पर्दा स्पष्टिकरण दिनु पर्ने ब्यवस्था रहेको छ । 
११. अन्तर्वार्ताको अंकभार तय गर्दा लिखित परिक्षाको पुर्णाङ्क १०० भएमा २० अंक तथा लिखित परिक्षा पुर्णाङ्कमा थप हुने प्रत्येक १०० अंक भित्र अन्तर्वार्ताको अंकभार १० अंकका दरले थप हुदै जान्छ । 
१२. अन्तर्वार्ताको समय सामान्यतया आध घण्टादेखि एक घण्टा सम्मको हुन्छ । 

अन्तर्वार्तामा प्रस्तुत हुदा ध्यानदिन पर्ने कुराहरु
१. अन्तर्वार्ता हुने मिती, स्थान र समयको बारेमा अग्रिम जानकारी लिई अन्तर्वार्ता सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगावै लोकसेवा कार्यालय वा सम्बन्धित अन्तर्वार्ता हुने कार्यलय पुग्ने , 
२. अन्तर्वार्ता दिन जाने क्रममा परिक्षाको प्रवेशपत्र, २ प्रति फोटो, सक्कल प्रमाणपत्र, उक्त प्रमाणपत्रको एक प्रतिलिपी तथा माग गरिएका अन्य कागजात लैजान नभुल्ने ।
३. उम्मेद्धार अन्तर्वार्ता कक्षमा प्रवेश गरिसकेपछि अन्तर्वार्ता लिने उम्मेद्धारहरुउपर उपयुक्त ध्यानदृष्टि दिदै शिष्टतापुर्वक अभिवादन गरी उनीहरुले बस्ने ईशारा गरेपछि निर्धारित कुर्सिमा पस्नु पर्दछ । साथै आफ्ना कागजातहरुलाई कसरी क्रमबद्धरुपमा प्रस्तुत गर्ने सो कुरामा समेत सजगताका साथ विचार पु¥याउने ।
४. अन्तर्वार्तामा जाँदा उम्मेद्धारले पैरनमा पनि विशेष ध्यान दिनु पर्दछ । अन्तर्वार्तामा सहभागी हुने उम्मेद्धारको पोषाकको बारेमा स्पष्ट व्यवस्था नभएता पनि भडकिलो, उत्ताउलो पोशाक भन्दा आफुलाई सुहाउदो, शरिरमा टमक्क मिलेको साथै आत्मविश्वास जगाउने खालको सफा र औपचारिक पोशाकमा प्रस्तुत हुन उपयुक्त हुने ।
५. अन्तर्वार्तामा उपस्थित हुदा आफुमा आत्मविश्वास जागाई अनुहारमा हल्का मुस्कान ल्याउन सक्नु पर्दछ । अन्तर्वार्तामा सफा सुघर शालीन मुद्रा एव आश्वस्त व्यक्तित्वका साथ अन्तरवार्ताकार सामु प्रस्तुत हुन प्रयत्न गर्ने ।
६. प्रश्नको उत्तर दिदा अकमकाउने, मुखाकृती विगार्ने, नर्भस हुने, हडबडाउने जस्ता असमान्य स्थिती नदेखाउने ।
७. अन्तर्वार्ता दिने क्रममा शरीरको चाल एव हाउभाउको विशेष महत्व हुने हुदा प्रश्नको उत्तर दिने क्रममा अनावश्यकरुपमा शरिर हल्लाउने, हातगोडा चलाउने, शीर हल्लाउने, चर्काे स्वरमा बोल्ने, सुस्त बोल्ने, भुईतिर मात्र हेरेर बोल्ने, खुट्टाले भुईमा खोस्रने कपाल कन्याउने, नाक कोट्याउने, केश मुसार्नेजस्ता कार्य नगर्ने ।
८. समान्यतया अन्तर्वार्ताको सरुवात उम्मेद्धारको नाम, ठेगाना, शैक्षिक योग्यता, परिवारिक पृष्ठभुमी, उसले गर्दै आएको कार्य, पेशाप्रति धारणा। भविष्यको सोच आदीका बारेमा प्रश्नहरु सोधन सक्छ र क्रमशः प्रश्नोत्तरको काम अघ िपढदै जान्छ । खासगी उम्मेद्धारले सम्बन्धित पदमा रहि गर्नु पर्ने काम तथा सेवा सम्बन्धि प्रश्नहरु बढि सोधिने हुदा सोहि बमोजिमको तयारीका साथ प्रस्तुत हुने । 
९. अन्तर्वार्ता अवधिभर आफ्नो गम्भीरता, सन्तुलित र विविकपुर्ण प्रस्तुतीलाई कायम राख्दै आफ्नो व्यक्तित्वको. राम्रो प्रभाब छोडन सक्नु अन्तर्वार्ता दिने व्यक्तिको मुख्य विशेषता हुने हुदा उच्च मनोबल कयम गरी उत्तः अव्सथा सिर्जना गर्न भरमग्दुर पंयत्नशील रहने । 
१०. पंश्नात्तरको क्रममा कतिपय कुराहरु प्रसंगभन्दा बाहिर गएजस्तो लागेमा आफुलाई थाहा भएसम्मको सिधा उत्तर दिने र कुशलतापुर्वक प्रशगलाई विष्यवस्तुतर्फ आकृष्ट गर्ने प्रयत्न गर्नुपर्दछ । यस्तो अवस्थामा वाकपटुतालाई पनि कौशलको रुपमा प्रयोग गर्नु उपयुक्त हुन्छ । 
११. उत्तर दिने क्रममा प्रश्नले उपेक्षा गरेको विषयमा केन्द्रित भई सन्तुलित किसिमको उत्तर पुर्ण आत्मविश्वासका साथ दिनुपर्दछ । आफलाई थाहा नभएकाृ विषयवस्तुमा अनुमान लागाई वा थाहा भएजस्तो गरी गफ लगाउनु भन्दा चतुरतापुर्वक सो प्रसंगबाट पन्छिने वा विनम्रतापुर्वक नजानेको कुरा स्वीकार गर्नु पर्छ । 
१२. प्रश्नसोध्ने क्रममा उम्मेद्धारको मानसिक संवेगको अवस्था परिक्षण गर्नका लाग्ी केहि गम्भस्र तथा भिन्न ढाँचाका प्रश्नहरु सोध्न सकिने हुदाँ त्यस्तो अवस्थामा रिािउने, झर्कने, आवेशमा आई उत्तर दिने नगरी अत्यन्त संयम र सन्तुलित भई शिष्ट भाषामा जवाफ दिन पर्दछ । 
१३. प्रसंग विपरित नहुने भए अन्तर्वार्ताको प्रश्न सोधाइ र अन्य प्रस्तुतिका आधारमा उसको मनोविज्ञान बुझेर उसलाई मन पर्ने खालका उत्तर दिन पनि सकिने हुदा त्यो कुरामा पनि यथोचित ध्यान पु¥याउने ।
१४. अन्तर्वार्ता लिने समयमा अन्तर्वार्ता लिने विज्ञहरु समक्ष ‘लिखित परिक्षा उतिर्ण गरेँ’ अब सरहरुको कृपा, सरहरुकै हातको कुरा हो’ जस्ता अभिब्यक्ति प्रस्तुत गर्न नहुने । 
१५. अन्र्वार्ता दिने ब्यक्तिले प्रत्येक अन्तर्वार्ताकार संग राम्ररी आई कन्टायाक गर्दै अर्थात अन्तर्वार्ता समितीका कुनै एक सदस्यले साधेको प्रश्नहरुको उत्तर दिदा उसलाईमात्र एकोहोरो अरु सदस्यहरुलाई पनि बराबर टाईम दिनु पर्दछ । 
१६. कहिलेकाहीँ अन्तर्वार्ता सकिएपछि बाहिर निस्कने बेला अन्तर्वार्ताकारले ‘आजको अन्तर्वार्ता कस्तो लाग्यो’ भनेर सोध्न सक्नछन । सस्तो अवस्थामा ‘मलाई अन्तर्वार्ता साह्रै राम्रो लाग्यो’ हजुरहरुको व्यवहारबाट म निकै प्रभाबित भएँ, म असाध्यै खुसी छु, समग्रमा अन्तवार्ता सफल भएजस्तो लाग्छ’ भनी मिठो एव सक्षिप्त उत्तर दिनु पर्दछ । 
१७. अन्तर्वार्ताको क्रम सिद्धीयपछि अन्तर्वार्ताकारहरुलाई शिष्टतापुर्वक अिभिवादन गर्दै आफ्ना सम्पुर्ण कागजातहरु लिई कार्यकक्षबाट बाहिरीने 

प्रस्तुत कर्ताः शंकर अर्याल 
सन्दर्भ समाग्रीः टंक केसि तथा अनलार्इन पत्र पत्रिका 



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 82 ) Corporation ( 63 ) Culture ( 24 ) Force ( 56 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 52 ) MCQs ( 12 ) News ( 8 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 122 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 106 ) update ( 12 ) videos ( 13 ) WORLD ( 14 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Tags

agriculture (11) Banks (82) Corporation (63) Culture (24) Force (56) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (52) MCQs (12) News (8) oldqsn (20) onlinequiz (1) Places (4) PSC (122) Rules (8) tips tricks (21) TSC (106) update (12) videos (13) WORLD (14)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ । ✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले ✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामत...

Recent

Popular Posts