Showing posts with label knowledge. Show all posts
Showing posts with label knowledge. Show all posts

Thursday, March 6, 2025

🔀नेपालमा सर्वप्रथम बजेट प्रस्तुतः

वि.सं. २००८ माघ १९ (माघ २१ मा नेपाल गजेटमा प्रकाशित),

🔀साधारण र विकास गरी दुई प्रकारमा बजेट:

आ.व. २०१३/१४

🔀कार्यक्रम बजेटको शुरुवातः

वि.सं. २०२६ बाट

🔀आन्तरिक वा राष्ट्र ऋण उठाउन शुरु:

आ.व. २०१७/१८ बाट

🔀नेपालमा लैंगिक उत्तरदायी बजेट लागुः

आ.व. २०६४/६५

🔀नयाँ श्रेस्ता प्रणाली लागुः

२०१८ चैत्र २ बाट

🔀कार्यक्रम बजेटको सुरूवात (विश्वमा):

संयुक्त राज्य अमेरिकाबाट (सन् १९४९ बाट)

🔀लैंगिक उत्तरदायी बजेटको सुरूवात (विश्वमा):

अष्ट्रेलियाबाट (सन् १९८४ बाट)

🔀विश्वमा सर्वप्रथम बजेट प्रस्तुतः  

सन् १७३३ मा बेलायतमा (प्रधानमन्त्री रवर्ट बालपोलद्वारा


Monday, December 30, 2024

हिमशिखर

हिमश्रङ्खला

जिल्ला

कैफियत

सगरमाथा

खुम्बु (महालङ्गुर)

सोलुखुम्बु

SLC PANS

केही नदीहरूको पौराणिक नाम

✅अरुण ✔ महाप्रभा

मनोहरा ✔ मणीमती

वाणगंगा  ✔ भागरीथी

हनुमन्ते ✔ हनुमती

धोबिखोला ✔ रुद्रमती

टुकुचा ✔ इच्छुमती

नख्खुखोला ✔ प्रभावती

भचाखुसी ✔ भद्रमती

चेपे  ✔ चम्पावती

झिमरुक  ✔ धर्मावती

तादी  ✔ सूर्यमती

मादी ✔ रत्नधारा

राप्ती  ✔ अचिरावती

लिखु  ✔ हेमगंगा

त्रिशुली  ✔ धर्मधारा

सेतीगण्डकी ✔ सुवर्ण सरिता

काली गण्डकी ✔ कृष्ण गण्डकी

बुढी गण्डकी ✔ यशोधरा

दरौदी ✔ विश्वधारा

 कर्णाली ✔ पञ्चेश्वरी

✅ कोशी ✔  दामोदर

Monday, September 16, 2024

 

UNO

आयोजना हुने मिति

सन् २०२४ सेप्टेम्वर १० देखि ३० सम्म

स्थान

अमेरिकाको न्यूयोर्कमा

नारा

"Leaving no one behind: acting together for the advancement of peace, sustainable development, and human dignity for present and future generations."

अध्ययक्षता

Philemon Yang, former Prime Minister of Cameroon

नेपालबाट सहभागिता

प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्नुहुने


Friday, August 30, 2024

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।
✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले
✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामती सेवा सुधारका पर्यायका रूपमा चिनिन्छन् ।
✅ नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका अर्याल त्यहीँ अब्बल गुणकै कारण आज निजामती प्रशासनिक नेतृत्व मुख्य सचिव बन्ने अवसर पाएका छन् ।
✅ मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार(भोली) देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो ।
मुख्य सचिव एकनारायण अर्याल
को हुन् एकनारायण अर्याल ?

🔀 स्याङ्जाको करेनडाडा-४ का एकनारायण अर्यालले २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । प्रशासन सेवा समूहका उनको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो ।

🔀 निजामती सेवामा रा.प.अन.प्रथम श्रेणीबाट प्रवेश गरेर मुख्यसचिव बनेका अर्यालसँग विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेको अनुभव छ । उनी २०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । गृहमा आउनु अघि अर्याल २०८० जेठ २४ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थिए । प्रधानमन्त्री कार्यालय जानु अघि अर्याल २०७८ मंसिर १३ देखि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवका रूपमा थिए । श्रममा जानु अघि अर्यालले २०७७ असोज २९ देखि २०७७ कार्तिक ३ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।

🔀 अर्यालले जिल्ला प्रशासन, उद्योग विभाग, विभिन्न मन्त्रालय, स्थानीय तहमा रहेर काम गरेका छन् । निजामती सेवामा अब्बल अर्याल शाखा अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाटै छनौट भएका थिए । उनी २०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा सचिव भएका थिए । अर्यालले निजामती सेवामा ३५ वर्ष ७ महिना सेवा गरेका छन् ।


Thursday, January 27, 2022

                                               जनसंख्या र लैङगिक अनुपात

https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको छ, जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६,९७,९७६ ले बढी हो । दश वर्षमा नेपालको जनसंख्या १०.१८ % ले बढेको देखिन्छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर (Exponential Growth) ०.९३% देखिन्छ । जुन अघिल्लो जनगणनामा १.३५% रहेको थियो ।

कुल जनसंख्यामा १,४२,९१,३११ जना पुरुष (४८.९६%) र १,४९,०१,१६९ जना महिला (५१.०४%) रहेको छ । दश वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २,६४,९४,५०४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५% र ५१.५% थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) ९५.९१ रहेको छ जुन गत जनगणनामा ९४.१६ रहेको थियो । 

https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg

बाँकी विस्तृत रुपमा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन डाउनलोड गरी हेर्न यहाँ वा तलको केन्द्रिय तथ्याङ्क विभागको लोगोमा क्लिक गर्नुहोस् । 

https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg


Wednesday, December 15, 2021

 १. लगातार दुई पटक भन्दा बढि कसैलाई कल नगर्नुहोस्। यदि उनीहरूले तपाईंको कल उठाएनन् भने सोच्नुस् उनीहरू व्यस्त छन् ।
२. तपाईंलाई सापटी दिने व्यक्तिले सम्झाउनु अगाबै उसँग लिएको पैसा फिर्ता गर्नुहोस् वा फिर्ता गर्न समय लाग्ने जानकारी गराउनुहोस् । यसले तपाईंको निष्ठा र चरित्र देखाउँदछ। यो कुरा छाता, कलम र पुस्तक जस्ता वस्तुमा पनि लागू हुन्छ।
https://www.youtube.com/channel/UCs_qPtdOz1p3Yk-duRVD2wg
३. यदि कसैले तपाईंलाई लन्च वा डिनर खुवाउँदै छ भने कहिल्यै मेनुमा भएको महङ्गो खाना अडर नगर्नुहोस् ।
४. "ओह, त्यसोभए तपाईंको बिहे भएको छैन?" वा "तपाईंका बच्चाहरु छैनन्?" वा "तपाईंले किन घर नबनाउनु भएको?" जस्ता अप्ठ्यारो प्रश्नहरु नसोध्नुहोस् । किनकी यी तपाईंका समस्याका विषय हैनन् ।
५. सधैं तपाईंको पछाडि आउँदै गरेको व्यक्तिको लागि ढोका खोल्नुहोस् । त्यो केटा वा केटी, वरिष्ठ वा कनिष्ठ हुनुले फरक पर्दैन । तपाईं कसैलाई सार्वजनिक रूपमा राम्रो व्यवहार गरेर सानो हुनुहुन्न ।
६. साथीसँग ट्याक्सी चढ्दा पुरै भाडा उहाँले तिर्नुभयो भने अर्को पटक आफूले तिर्ने प्रयास गर्नुहोस् ।
७. फरक-फरक विचार र धारणाहरूको सम्मान गर्नुहोस्। तपाईंले 6 देखेको चिजलाई तपाईंको अगाडि बस्नेले 9 देखिरहेको हुन सक्छ । दोस्रो विचार विकल्पको लागी राम्रो पनि मानिन्छ ।

Saturday, October 30, 2021

 १. चिकित्साशास्त्र तर्फको नोबेल २०२१

••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
⇨डेभिड जुलियस(अमेरिका)
⇨अर्डम पाटापोटियन(लेबनान) लाई
⇨स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने विषयमा अनुसन्धान गरे बापत
⇨स्विडेनको स्टकहोमस्थित नोबेल कमिटीले यी दुई वैज्ञानिकलाई शरीरविज्ञान र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।

Friday, September 3, 2021

                                       रिट भनेको के हो?

रिट भनेको कुनै विषयमा उच्च न्यायिक निकायले कुनै काम गर्न वा नगर्नका लागि कुनै व्यक्ति वा निकायलाई दिइने आदेश हो । यसले न्याय सम्पादनलाई बैधानिक र उचित बनाउँदछ । सर्बोच्च अदालतको बिशेष क्षेत्राधिकार अन्तर्गत संबिधानको धारा १३३ को उपधारा (३) मा सर्वोच्च अदालतले अधिकारपृच्छा, उत्प्रेषण, परमादेश, प्रतिषेध र बन्दी प्रत्यक्षिकरणको रिट जारी गर्न सक्दछ भन्ने ब्यबस्था छ ।

रिटका प्रकार
१. बन्दी प्रत्यक्षिकरणको रिट : बन्दी प्रत्यक्षीकरण एक प्रकारको रिट हो । यसलाई अङ्ग्रेजीमा Habeas corpus भनिन्छ जसको ल्याटिन अर्थ "may you have the body" हो । यसको शाब्दिक अर्थ बन्दीलाई अदालत वा न्यायधिशका समक्ष दाखिला गर भन्ने हुन्छ । कुनै व्यक्तिलाई गैरकानुनी रूपमा थुनामा राखिएको अवस्थामा बन्दी प्रत्यक्षीकरण रिट जारी गरिन्छ । यस रिटले कुनै व्यक्ति गैरकानुनी रूपमा थुनामा परेको हो वा होइन भन्ने मात्र हेर्छ । अनाधिकृत ढङ्गले वा अधिकार नपाएको व्यक्तिले वा कानुनले तय गरेको कार्यविधि नपुर्याइ कुनै व्यक्तिलाई बन्दी बनाइएको छ भने अदालतले त्यस्तो व्यक्तिलाई थुना मुक्त गर्ने आदेश दिन्छ ।

२. उत्प्रेषण: उत्प्रेषण भनेको कुनै प्रशासनिक, अर्धन्यायिक वा तल्लो न्यायिक निकायले कार्य सम्पादन गर्ने क्रममा गैरकानुनी निर्णय गरेमा त्यसलाई बदर गर्न माथिल्लो न्यायिक निकायले जारी गर्ने रिट हो । उत्प्रेषण सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायका नाममा जारी गरिन्छ । आफ्नो क्षेत्राधिकार नाघेर वा क्षेत्राधिकार नभइ कुनै प्रशासनिक वा अर्धन्यायिक वा तल्लो न्यायिक निकायले गरेको निर्णय गैरकानुनी र बदरभागी भएमा उत्प्रेषणद्वारा त्यस्तो निर्णय बदर गरिन्छ ।

३. परमादेश : यस रिटको शाब्दिक अर्थ 'परम आदेश' हो । यो रिट अदालतले सार्वजनिक अधिकारीलाई आफ्नो कर्तव्य पूरा गर्न असफल भएको वा आफ्नो काम गर्न इन्कार गरेकोले आफ्नो काम पुनः सुरु गर्न आदेश दिन प्रयोग गर्दछ । सार्वजनिक अधिकारीहरु बाहेक, परमादेश कुनै पनि सार्वजनिक निकाय, कर्पोरेसन, न्यायाधिकरण, वा सरकारको बिरुद्द जारी गर्न सकिन्छ ।

४. प्रतिषेध : ‘प्रतिषेध' को शाब्दिक अर्थ 'निषेध गर्नु' हो। जब तल्लो तहका अदालतले कानुन बाहिर गएर वा अधिकार क्षेत्र बाहिर गएर कुनै फैसला गर्छ भने सर्बोच्च अदालतले प्रतिषेधको रिट जारी गर्न सक्छ ।

५. अधिकारपृच्छा : अधिकारपृच्छा भन्नाले कुनै न्यायिक वा अर्धन्यायिक निकाय वा कुनै सार्वजनिक अधिकार पाएको व्यक्तिले अधिकार क्षेत्रको अभावमा कुनै काम कारवाही वा निर्णय गरेमा त्यस्तो काम वा निर्णय गर्ने अधिकार कसरी प्राप्त भयो र कुन कानुन अन्तर्गत त्यस्तो गरियो भनी जवाफ माग गरी जारी भएको रिटलई बुझिन्छ । अनधिकृतरूपमा कसैको अधिकार स्वतन्त्रता वा पद खोसिएमा पीडित पक्षले यस्तो रिटको माग गर्छ । प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएमा भएमा पनि अदालतले यो रिट जारी गर्छ ।

लक्क्षी शर्माको फेसबुकबाट साभार ।

Sunday, June 27, 2021

 

वि.स. १८६३ देखि २०७८ असार मसान्त सम्मका सम्पूर्ण प्रधानमन्त्रीहरु कार्यकाल र फोटो समेत रहेकोले हजुरहरुलाई अध्ययन गर्न सहज हुने अपेक्षा लिएको छु । शेयर गरी साथीहरु माझ पुर्याउनुहोला है PDF फाइल Download गरी सुरक्षित गर्नुहोस् ।  


स्रोत:-प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको Website. 


Wednesday, June 2, 2021

 ओखर खेती

परिचय :
ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ , यस रुखको आयु सरदर २०० बर्ष हुन्छ ।ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । यो दुई प्रजातिको हुन्छ , प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ । ओखरको दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ , यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ ।



खेती प्रबिधी :
नेपाल मा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । ओखरको रुख ठुलो हुने हुँदा यसलाई 7-7 मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १० – १५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।


लगाउने विधि :

-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।
ओखरका फाईदाहरु :
-क्यान्सर रोग सँग लड्ने क्षमताको बिकास हुन्छ ।
-मुटु स्व स्था राख्दछ ।
-शरिर मजबुत बनाउनमा मद्दत पुर्याउछ ।
-तौल घटाउन मद्दत गर्छ ।
-मस्तिस्कलाई तेजिलो बनाउन सहयोग पुर्याउछ ।


बजार :

बिश्व बजारमा ओखरको माग अत्याधिक छ । नेपाली बजारमा ओखर प्रती किलो ६००-१५०० सम्ममा बिक्री हुन्छ । ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्ता सम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ ।

स्रोतः कृषि टुडे 

Friday, March 26, 2021

 के तपाइलाई TU मा आफ्नो शैक्षिक प्रमाण पत्र निकाल्दा झण्झट व्यहोर्नु परेको छ ? अब यसो गर्नुहोस् । 








Wednesday, January 20, 2021

 👉लुम्विनी प्रदेशका जिल्लाहरू याद गर्ने छोटो तरिका :

"गुरूबा अब दारू प्युन परो के"

गु = गुल्मी
रू = रूपन्देही
बा = बाँके
अ = अर्घाखाँची
ब = बर्दिया
दा = दाङ्ग
रू = रूकुम पुर्व
प्यु = प्युठान
न = नवलपरासी बर्दघाट सुस्ता पश्चिम
प = पाल्पा
रो = रोल्पा
के = कपिलवस्तु

Thursday, December 17, 2020

 UNDP द्वारा प्रकाशित मानव विकास प्रतिवेदन २०२०

नेपालको मानव बिकास सूचकांक : ०.६०२
नेपालको स्थान : १४२ औं
बिद्यालय शिक्षाको मध्यक बर्ष :५.०
बिद्यालय शिक्षाको अपेक्षित बर्ष: १२.८
अपेक्षित आयु : ७०.८ बर्ष
प्रतिव्यक्ति कुल राष्ट्रिय आय: ३४५७ अमेरिकी डलर
लैङ्गिक बिकास सूचकांक : ०.९३३
लैङ्गिक असमानता सूचकांक :०.४५२,(११० औं )
नोट: केही दिन पहिले राष्ट्रिय योजना आयोग ले UNDP सङ्गको सहकार्यमा प्रकाशित गरेको हो भने यो UNDP ले विश्वब्यापी रुपमा सार्वजनिक गरेको रिपोर्ट हो ।

तस्वीरमा राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको मानव विकास प्रतिवेदन २०२० को सार अंश

स्रोतः कमल भण्डारीको फेसबुक पेज ।

Monday, November 30, 2020

 परिचयः
धान, गहु अनी मकै पछीको प्रमुख बालिमा पर्दछ आलु ।आलु उत्पादकत्वमा पहिलो स्थानमा र छेत्रफलको आधारमा चौथौ स्थानमा पर्दछ।यसले १९७२३४ हेक्टर छेत्रफल ओगटेको छ अनी कुल उत्पादन चाँही २६९०४२१ मेट्रिक टन रहेको छ काभ्रे, बारा, झापा, सोलुखुम्बु, इलाम, खोटाङ, कैलाली, बर्दिया, भोजपुर, मकवानपुर, नुवाकोट, रुपन्देही, नवलपरासी आदी जिल्लामा बिशेष गरी आलु खेती गरिएको पाईन्छ।आलुको प्रयोगले रक्तचाप,रक्तअल्पता,ग्यास्ट्रिकमा फाईदा पुर्याउदछ। यसमा स्टार्च, प्रोटिन,फ्याट,खनिज र कार्बोहाइड्रेट पाईन्छ।

Sunday, October 11, 2020

कञ्चनपुर जिल्ला महाकाली नगरपालिका र भीमदत्त नगरपालिकामा पर्ने प्रख्यात झोलुङ्गे पुल लम्बार्इ १५०० मिटर भनिएको छ महेन्द्रनगर बजारबाट करिव १० किलोमिटरको दुरीमा रहेको यो पुल निकै चर्तित र पर्यटक तान्त सफल भएको अनुभव गर्न सकिन्छ । नेपालको एकदम दक्षिण पश्चिममा रहेको यो पुलले कञ्चनपुर जिल्लको साविक चाँदनी र दोधारा गाविस हाल महाकाली नगरपालिकालार्इ महेन्द्रनगर बजार सम्म जोड्को छ ।यस ठाँउमा प्राय मध्यपश्चिम क्षेत्रका दैलेख, सुर्खेत, बाँके, दाङ, सल्यान, कालिकोट, जुम्ला, मुगु, प्युठान र पश्चिमाञ्चल क्षेत्रका केही जिल्लाहरुका मानिसहरुको बसोबास रहेको छ । कञ्चपुर जिल्लाका पर्यटकिय ठाँउ हरुमा शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज, बतासे झरना, झिलमिला ताल, महाकाली नदी, दोधारा चाँदनी, मह्मदेब, निलताल, लिङ्गा, टनकपुर ब्रिजलगायत ठाउँहरु पर्दछन् । यो ठाँउमा एकपटक घुम्न आएमा मन शान्त हुनेछ एकपटक अवश्य आउनुहोला ।

        भिडियो रिपाोर्ट

Details
Camera/Edit/Mixking/Audio Shankar Aryal Contact: dbarjel@gmail.com कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका को बतासे झरना।Batase Waterfall (Jharana) Kanchanpur District. Link. 1 https://bit.ly/3dgVZ5v Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् । link 2. https://www.youtube.com/watch?v=gbxtA... ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः link 3. https://www.youtube.com/watch?v=75oK8... एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः link 4. https://www.youtube.com/watch?v=ugQ_l...

कञ्चनपुर जिल्ला शुक्काफाँटा नगरपालिका वडा नं. ८ (पहिले डडेल्धुरा जिल्लामा पर्ने भन्ने) मा रहेको बतासे झरना एकपटक जानै पर्ने ठाँउ । जान चै दुःख तर पुगेसी स्वर्ग जस्तो प्राकृतिक सुन्दरता हजुरहरुपनि एक पटक जानुहोला, अत्यन्तै राम्रो छ रमणिय ठाउँ हजुरहरुपनि एक पटक जानुहोला समय मिलायर के कसरी जाने भनेर सबै यहाँ भिडियोमा राखिएको छ तपाइहरुलाइ कुनै पनि समस्या पर्ने छैन । जाँदा बाइकको कण्डिसन चै हेर्नुहोला अनि तेल हाल्नुहोला कच्चीबाटो रहेकाले अलि समस्या हुन सक्छ अरु सब ठिक छ ।
भिडियो रिपाोर्ट


Special Thanks

Ranjan Timilsaina Chandra Basnet Asish Karki Bhanu Joshi Edit & Mixing Shankar Aryal www.dbarjel.com.np अन्य लिङ्कहरु Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् । link 1. http://y2u.be/gbxtAZQI3jY ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः link 2.http://y2u.be/75oK8NfGZzk एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः link 3. http://y2u.be/ugQ_lUpDogA थप केही जानकारी लिनु परे dbarjel@gmail.com मा सम्पर्क गर्नुहोला ।



Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

agriculture ( 11 ) Banks ( 86 ) Corporation ( 72 ) Culture ( 24 ) Force ( 62 ) health ( 5 ) INSURANCE ( 7 ) IQ ( 4 ) it ( 16 ) job ( 20 ) Jokes ( 1 ) kids ( 1 ) knowledge ( 56 ) MCQs ( 12 ) News ( 9 ) oldqsn ( 20 ) onlinequiz ( 1 ) Places ( 4 ) PSC ( 141 ) Rules ( 8 ) tips tricks ( 21 ) TSC ( 125 ) update ( 15 ) videos ( 13 ) WORLD ( 16 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Tags

agriculture (11) Banks (86) Corporation (72) Culture (24) Force (62) health (5) INSURANCE (7) IQ (4) it (16) job (20) Jokes (1) kids (1) knowledge (56) MCQs (12) News (9) oldqsn (20) onlinequiz (1) Places (4) PSC (141) Rules (8) tips tricks (21) TSC (125) update (15) videos (13) WORLD (16)

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

विभिन्न प्रकारका बजेटको सुरुवात कहिले/कहाँबाट सुरु भयो होला ?

🔀नेपालमा सर्वप्रथम बजेट प्रस्तुतः ✅ वि.सं. २००८ माघ १९ (माघ २१ मा नेपाल गजेटमा प्रकाशित) , 🔀 साधारण र विकास गरी दुई प्रकारमा बजेट: ✅...

Recent

Popular Posts