जनसंख्या र लैङगिक अनुपात
कुल जनसंख्यामा १,४२,९१,३११ जना पुरुष (४८.९६%) र १,४९,०१,१६९ जना महिला (५१.०४%) रहेको छ । दश वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २,६४,९४,५०४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५% र ५१.५% थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) ९५.९१ रहेको छ जुन गत जनगणनामा ९४.१६ रहेको थियो ।
बाँकी विस्तृत रुपमा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन डाउनलोड गरी हेर्न यहाँ वा तलको केन्द्रिय तथ्याङ्क विभागको लोगोमा क्लिक गर्नुहोस् ।