२०७७ फाल्गुन महिनामा लिइएको नेपाल प्रशासन/अप्राविधिक पद खरिदारको सामान्य ज्ञान तर्फ सोधिएका प्रश्नहरुको उत्तर ।
Monday, March 15, 2021
Wednesday, January 20, 2021
Wednesday, December 30, 2020
- Wednesday, December 30, 2020
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , update
- Wednesday, December 30, 2020
- Shankar Aryal
- Force , oldqsn , PSC
१. म्याग्नाकार्टा कहिले जारी भएको थियो?
Thursday, December 17, 2020
- Thursday, December 17, 2020
- Shankar Aryal
- knowledge , PSC , tips tricks , TSC , update
UNDP द्वारा प्रकाशित मानव विकास प्रतिवेदन २०२०
Wednesday, December 2, 2020
- Wednesday, December 02, 2020
- Shankar Aryal
- Banks , Corporation , Force , INSURANCE , PSC , TSC
निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेद्वार चयनका गर्न परीक्षा लिने काम लोक सेवा आयोगले लिने प्रावधान नेपालको संविधानले गरेको छ । लोक सेवा आयोग प्रतिको भरोसा, विश्वसनीयता र साखले गर्दा दूर दराजमा रहेका व्यक्तिहरू समेत निष्पक्ष प्रतिस्पर्धाका लागि एक मात्र रोजाइ लोक सेवा आयोगको परीक्षालाई बनाएका कारण बजारमा योग्य जनशक्तिको हरेक वर्ष वृद्धि हुँदै गएको छ । हजारौँ व्यक्तिबाट सीमित व्यक्तिले मात्र सेवामा प्रवेश गर्ने अवसर पाउने हुँदा लोक सेवा परीक्षा पास गर्नु एक चुनौती नै बनेको छ । जहा इच्छा त्यहाँ उपाय भने जस्तै कडा परिश्रम र मेहनत गर्ने व्यक्तिहरू सेवामा प्रवेश गर्ने सम्भावना प्रबल हुन्छ । प्रस्तुत लेख विषयगत लेखमा कसरी पढ्ने र लेख्ने बारेमा केन्द्रित रहेको छ । यसका लागि तल उल्लिखित केही उपायहरूलाई मनन गर्नु जरुरी छ :
१) लोक सेवाको परीक्षा एक तपस्या नै भएकोले अध्ययन गर्नु अगाडि आफूमा आत्मविश्वास, धैर्यता र निरन्तरता हुनु जरुरी छ । म सक्छु र गर्छु भन्ने दृढ सङ्कल्प लिएर मात्र लोक सेवाको तयारी गर्नुपर्छ अन्यथा शुरुमै अन्य विकल्प चयन गर्नु उत्तम हुन्छ ।
२) लोक सेवाको परीक्षा सबैको रोजाईको विषय भएकाले आफूलाई कसरी फरक रूपमा प्रस्तुत गर्न सकिन्छ भनी थप अध्ययन गर्नु पर्छ ।
३) कुनै पनि विषय वस्तुको अध्ययन गर्दा त्यसको अवधारणा, अर्थ, परिभाषा, उद्देश्य, विशेषता, समस्या, समस्याका कारणहरु, प्रभाव, समस्यासँग सम्बन्धित मौजुदा नीतिगत तथा संस्थागत व्यवस्थाहरू तथा सुझावहरूको ढाँचामा अध्ययन गर्दा बढी भन्दा बढी पाठ्यक्रम समेटिन्छ ।
४) पाठ्यक्रममा उल्लिखित विषयहरूको बारेमा स्पष्ट हुन जरुरी छ । जबसम्म अबधारणात्मकरुपबाट विषयवस्तुउपर परिचित हुन सकिँदैन तबसम्म परीक्षामा लेख्ने खुराक उपलब्ध हुन सक्दैन । यो नै सबैभन्दा महत्त्वपूर्ण र अचुक उपाय हो कि हरेक विषयवस्तुउपर स्पष्ट भई यो भनेको के हो भनी अर्थ लगाउन सक्ने हुनुपर्छ ।
५) बजारमा धेरै पाठ्यपुस्तक, गाइड तथा सोलुसन सामग्रीहरू उपलब्ध छन् । सूचनाको overload भयो भने पनि अध्ययनलाई हानी हुन सक्छ । त्यसैले शुद्ध तथ्याङ्क र आधिकारिक स्रोतको खोजी गर्नु जरुरी छ । उपयुक्त पाठ्यसामग्रीको छनौट गरी कुनै एकलाई आधार बनाउनु पर्छ र अन्यलाई सन्दर्भको रूपमा उपयोग गर्दै अध्ययनमा थप निखार ल्याउनुपर्छ ।
६) रेडियो सुन्ने, टिभी हेर्ने, पत्र पत्रिका पढ्ने र दैनिक घटनाहरू डायरीमा नोट गर्ने बानी बसाल्नुपर्छ । पत्रिकाका बिचार तथा दृष्टिकोण स्तम्भमा उल्लिखित लेखहरूलाई सम्भव भएसम्म दैनिकरुपमा अध्ययन गरी आफ्नो पाठ्यक्रमसँग मिल्ने गरी आबद्ध गर्दा प्रभावकारी हुन्छ जसबाट परीक्षामा लेख्ने खुराकमा वृद्धि हुन्छ ।
७) विभिन्न संस्थाहरूले सञ्चालन गरेका ट्युसन कक्षाहरू पनि लिने प्रवृत्ति बढ्दो छ । यो आफैमा खराब भने होइन । यसले एक खालको बजारको अवस्था बुझ्न र केही नयाँ बिचार सृजना गर्न मदत गरे पनि अध्ययन गर्ने आफै हो । उपत्यका बाहिर यस्तो सुविधा कम भएकाले बाहिर बसेर तयारी गरेका प्रतिस्पर्धी पनि डराउनु हुँदैन । पाठ्यक्रममा आधारित रहेर अध्ययन गर्ने हो भने जहा रहे बसे पनि आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न सकिन्छ । जबसम्म आफू नै अध्ययनमा कटिबद्ध बन्न सकिँदैन तबसम्म अमृत नै ल्याएर पिलाए पनि त्यो कामयाब हुन सक्दैन ।
८) लेखाइ एक कला हो । पढेर मात्र हुँदैन, बुझ्नु पर्छ, बुझेर मात्र हुँदैन लेख्न सक्नुपर्छ लेखेर मात्र हुँदैन समयमा लेख्न सक्नुपर्छ त्यसैले समयको पावन्दीलाई ध्यान दिई सबै प्रश्नलाई सन्तुलित रूपमा लेख्नुपर्छ । उत्तर लेख्दा सङ्गठित, सिलसिलेवार, विषयवस्तुको स्पष्टता, सकारात्मक सोच र आत्मविश्वासका साथ प्रस्तुत गर्दा उत्तम हुन्छ ।
९) परीक्षामा उत्तर लेख्ने बेलामा बढी दोधार हुने अवस्था भनेको समूहीकरण गरेर लेख्ने वा सिधै बुँदामा लेख्ने भन्ने कुरामा हुन्छ । सकिन्छ भने समूहीकरण (clustering) गरेर लेख्दा बुदाहरु छुटेन सम्भावना कम हुन्छ । यसमा मुख्यतया नीतिगत, संरचनागत/प्रक्रियागत, व्यवस्थापकीय र व्यवहारगतरुपमा बुदाहरुलाई अलग गरी लेख्दा प्रभावकारी हुन्छ । यदि यसो गर्न सकिँदैन भने पनि आत्तिनु पर्दैन, बुँदाहरुलाई माथिका समूह सम्झेर सिलसिलेवाररुपमा लेख्दा पनि राम्रो हुन्छ ।
१०) उत्तर लेख्नु अगाडि प्रश्नलाई राम्रोसँग अध्ययन गरी उक्त प्रश्न कुन पाठ्यक्रमसँग आबद्ध हो आकलन गर्न सक्नुपर्छ । प्रश्नमा अरू प्रश्न पनि जोडिएर आउने भएकोले त्यसलाई break गरी underline गर्नुपर्छ । त्यसपछि हरेक जोडिएका प्रश्नको अंकभार बमोजिम छुट्टै शीर्षक दिएर लेख्नुपर्छ ।
११) लोकसेवाले जहिले पनि तथ्यलाई विश्वास गर्छ त्यसैले उत्तर लेख्दा पृष्ठभूमि लामो बनाउने तर्फ लाग्नु हुँदैन । सिधै प्रश्नमा प्रहार गरी प्रत्यक्ष्य उत्तर लेख्नुपर्छ । बुँदागत रूपमा उत्तरलाई प्रस्तुत गर्दा प्रभावकारी हुन्छ । सकिन्छ भने चित्र, तथ्याङ्क वा उदाहरणलाई आधार बनाई उत्तरलाई मौलिक रूपबाट प्रस्तुत गर्न सकेमा लोक सेवाको परीक्षाको लागि उत्तम मानिन्छ ।
१२) उत्तर लेख्दा सरल, छोटो वाक्यमा, दोहोरो अर्थ नलाग्ने गरी लेख्नुपर्छ जसले गर्दा उत्तर पुस्तिका जाँच गर्नेलाई विश्वास कायम गर्न सहज हुन्छ । कहिले काहि प्रश्नले दोहोरो उत्तर पनि मागेको हुनसक्छ । जस्तै सार्वजनिक प्रशासनका सुधारका उपायहरू उल्लेख गर्नुहोस् भनी १० नम्बरको प्रश्न आयो भने प्रश्नले सुधारका उपाय भन्दा अगाडि समस्या पनि छ भन्ने स्पष्ट बुझ्नु जरुरी छ र समस्या उल्लेख नगरी सुधारका उपाय मात्र लेखेमा पुरा नम्बर आउन सक्दैन ।
१३) हरेक प्रश्नको उत्तर लेखे पछि अन्तिममा निष्कर्ष लेख्नु अनिवार्य हुन्छ । निष्कर्ष नै समग्र प्रश्नको सार भएकाले यो लेख्दा होसियारीपूर्वक प्रश्नलाई समेटने गरी सकारात्मक तथा आत्मविश्वासका साथ उत्तरको बिट मार्नुपर्छ ।
हरेक व्यक्तिको पढ्ने तरिका आ आफ्नै हुन्छ तर पढ्दा विषयवस्तु मेल खानेगरी, सुत्रबद्ध तरिकाले वा चित्र बनाएर अध्ययन गर्दा थप प्रभावकारी हुन्छ । सरकारी वेबसाइट, विभिन्न आयोग र समितिका प्रतिवेदनहरू, पोर्टल, आर्थिक सर्वेक्षण, संविधान, निजामती सेवा ऐन तथा पाठ्यक्रमसँग सम्बन्धित ऐन, स्थानीय तह सम्बन्धी ऐन र सो सम्बन्धी व्यवस्था, नियम, बजेट, नेपाल सरकारका नीति तथा कार्यक्रम आदिलाई मुख्य रूपमा अध्ययन गर्नुपर्छ । यसका अलावा सोपान मासिक, अन्तर्राष्ट्रिय मञ्च चैतन्य मञ्च, प्रशासन, कामाद, निजामती पत्रिका तथा विभिन्न मन्त्रालयले निकाल्ने जर्नलहरूलाई आधार बनाउनु पर्छ । विभिन्न सन्दर्भलाई आधार बनाएर आफ्नो व्यक्तिगत नोट बनाउन सकेमा परीक्षाको समयमा अत्यन्तै प्रभावकारी तथा समयको बचत हुने हुँदा यसमा ध्यान दिनु जरुरी छ । मन मिल्ने साथीहरुसग सम्बन्धित विषयहरूमा छलफल गर्ने, लेखेर एकले अर्काको जाँच गर्ने, सोध्ने आदि उपाय अपनाउँदा समेत अध्ययनमा निखार आउँछ ।
माथि उल्लिखित उपायहरूलाई मनन गरी दैनिक समय तालिका बनाउँदै अध्ययन गर्नुपर्छ । एकपटकको असफलतालाई नजिर बनाइ निराश हुनुहुँदैन । पटक पटकको प्रयासलाई आत्मविश्वासका साथ आत्मसात् गर्दै अगाडि बढ्न सकेमा असम्भव भन्ने केही हुँदैन । सफलता प्राप्त गर्नका लागि त्याग जरुरी भएको हुँदा सम्झेको बखत लोकसेवा पढ्छु भन्ने सोच राख्नेहरू कहिल्यै सफल हुन सक्दैनन् । कडा तपस्या, दृढ सोच, सकारात्मक भावना, आत्मविश्वास, निरन्तरता र प्रतिबद्धता लोक सेवा परीक्षा पास गर्ने अचुक मन्त्र हुन जसले तपाइको सोचलाई सफलतामा बदल्न निश्चित सहयोग गर्नेछ, शुभकामना ।
Monday, November 30, 2020
- Monday, November 30, 2020
- Shankar Aryal
- agriculture , knowledge
Monday, October 19, 2020
- Monday, October 19, 2020
- Shankar Aryal
- tips tricks , update , videos
नमस्कार, यस भिडियो मा फोटोसपबाट नागरिकताको दुबैभागलाइ कसरी एउटै पानामा राख्ने भनी सिकाउने छु यसबाट धेरै फाइदा हुनेछ भन्ने आशा राखेको छु कहिले काही सामान्य समस्याहरुले गर्दा काग गर्न गाह्रो भइरहेको हुन्छ उहाँहरुले कुनै Training Center मा गइ ज्ञान सिक्ने मौका पाउनुभएको हुदैन उहाँहरुको लागि यो अति नै उपयोगी हुनेछ भन्ने आशा राखेको छु । आफ्नो लागि आफै काम गरौ भन्ने ध्यले यो भिडियो बनाएको छु, यस भिडियो भित्र रहेका कुनै पनि सामाग्रीहरु अनुमती विना प्रकाशन र प्रशारण गर्न पाइने छैन । यदि त्यसो गरिएमा कानून बमोजिम हुनेछ केही समस्या परे dbarjel@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ । धन्यावाद ।
भिडियो
Edit/Mixing/sound/record Shankar Aryal Contact: dbarjel@gmail.com How to make Banner using Photoshop।। फोटोसप मा ब्यानर कसरी डिजाइन गर्ने यहाँ बाट सिकौ । https://bit.ly/3kfa5Hh महकाली नदीमा बन्यो ८०० मिटर लामो पक्की पुल ।। 800 Meters Longest bridge on Mahakali River link https://bit.ly/3o4tJYI Image Text to Word, PDF to Word Convert ।।फोटोमा भएको अक्षरलाइ Word र PDF to Word मा लैजानुहोस । https://bit.ly/3nQcN8g महेन्द्रनगर दोधारा चाँदनी झोलुङ्गेपुल।Bally Bridge Jholunge Pul Kanchanpur District Dhodhara Chadani. https://bit.ly/33M5sP4 कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका को बतासे झरना।Batase Waterfall (Jharana) Kanchanpur District. https://bit.ly/3dgVZ5v Blogger मा फेसबुक कमेन्ट बक्स कसरी राख्ने सिक्नुहोस् । https://bit.ly/375eJUI ब्लगमा कसरी कुनै पनि कुराहरु पोष्ट गर्नेः https://bit.ly/3k0PypY एक्सलमा Round Figure Percent Calculation गर्ने तरिकाः https://bit.ly/3do7KqZ
Sunday, October 18, 2020
- Sunday, October 18, 2020
- Shankar Aryal
- tips tricks , videos
Wednesday, October 14, 2020
- Wednesday, October 14, 2020
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC , WORLD
नोबेल फाउंडेशन द्वारा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको सम्झनामा सन १९०१ मा शुरु गरिएको यो शांति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान तथा अर्थशास्त्र को क्षेत्रमा विश्वको सर्वोच्च
पुरस्कार हो । यो पुरस्कार को रूपमा प्रशंसा-पत्र को साथ 10 लाख
डालर को राशि प्रदान गरिदै आएको छ ।
- Wednesday, October 14, 2020
- Shankar Aryal
- Banks , Corporation , Force , PSC , TSC
शेयर वा जायजेथामा सरकारको पूर्ण वा आंशिक लगानी तथा स्वामित्व भएका अविच्छिन्न उत्तराधिकारीवाला स्वशासित सङ्गठनलाई सार्वजनिक संस्थान भनिन्छ । सन् १९३० को दशकमा विश्वले भोग्नुपरेको चरम आर्थिक सङ्कट एवं दोस्रो विश्वयुद्धपश्चात् विकास भएको लोककल्याणकारी राज्यको अवधारणासँगै विश्वभर सार्वजनिक संस्थान स्थापना गर्ने लहर चलेको पाइन्छ । यस अवधारणाले राज्यलाई आफ्ना परम्परागत कार्यका अतिरिक्त उद्यमशीलता र व्यवसायसम्म केन्द्रित गरेको पाइन्छ । निजी क्षेत्रले मुनाफा आर्जन हुने ठाउँमा मात्र लगानी गर्ने‚ सरकार आफै संलग्न भई कार्य गर्दा पुरातन कर्मचारीतन्त्रीय शैलीका कारण व्यावसायिक ढङ्गले काम हुन नसक्ने कारणले जनतालाई अत्यावश्यक एवं अन्य सेवा सर्वसुलभ ढङ्गबाट उपलब्ध गराउन व्यावसायिक सिद्धान्तको प्रयोग गर्न सक्ने गरी सार्वजनिक संस्थानलाई कानुनले तोकेबमोजिम व्यवस्थापकीय स्वायत्तता प्रदान गरिएको हुन्छ ।
नेपालमा
योजनाबद्ध विकासको सुरुवात हुनुभन्दा पहिलेबाटै वि.सं १९९३ मा कम्पनी कानुन जारी
भई विराटनगर जुट मिलको स्थापना र विशेष ऐन जारी भई वि.सं १९९४ मा नेपाल बैङ्क
लिमिटेडको स्थापना भएपश्चात् सार्वजनिक संस्थान स्थापनाको सुरुवात भएको पाइन्छ ।
नेपालमा योजनाबद्ध विकासको सुरुवात भएसँगै सार्वजनिक संस्थान स्थापना गर्ने लहर नै
चलेको पाइन्छ । सातौँ पन्चवर्षाय योजनाको अन्त्यसम्म ६२ सार्वजनिक संस्थान नेपालमा
रहेका थिए । आठौँ पञ्चवर्षीय योजनाको सुरुवातसँगै सुरु भएको आर्थिक उदारीकरणको
नीतिअनुसार सार्वजनिक संस्थान विभिन्न विधिद्वारा निजीकरण गर्ने नीतिअबलम्वन गरियो
जसका कारण हाल ३३ सार्वजनिक संस्थानले मात्र व्यावसायिक कारोबार गरिरहेका छन् ।
सरकारको
आंशिक वा पूर्ण स्वामित्व रहने सार्वजनिक संस्थानमा सरकारी नियन्त्रण‚ नाफामुखी भाव भन्दा सेवामुखी भाव‚ पृथक् कानुनी अस्तित्व‚सार्वजनिक जबाफदेहिता र स्वतन्त्र
व्यावसायिक कारोबार जस्ता विशेषता रहेका हुन्छन्। योजनावद्द आर्थिक विकासमा सहयोग
पुर्याउनु‚ जनताका आधारभूत आवश्यकता सुपथ एवं सहज ढङ्गले पुरा
गर्नु‚ सन्तुलित क्षेत्रीय विकास गर्नु‚ रोजगारीको सिर्जना‚ सरकारी आयमा वृद्धि‚ निजी क्षेत्र पुग्न नसक्ने ठाउँमा
अत्यावश्यक वस्तु तथा सेवा पुर्याउनु एवं
निजी क्षेत्रको एकाधिकारलाई चुनौती दिनु लगायतका उद्देश्य सार्वजनिक संस्थानले
राखेका हुन्छन् ।
नेपालमा
सार्वजनिक संस्थान स्थापना भएको करिब ८५ वर्ष बितिसक्दा पनि अपेक्षित नतिजा हासिल
हुन नसके पनि सार्वजनिक संस्थानले केही लाभ भने जनतालाई अवश्य पुर्याएका छन् । निजी क्षेत्र मुनाफा नदेखेर
पुग्न नसक्ने विकट क्षेत्रमा समेत सार्वजनिक संस्थान पुगेर अत्यावश्यक सेवा प्रवाह
गरेको‚ नेपालका सार्वजनिक संस्थानले करिब ३१‚००० जनालाई रोजगारी दिइरहेका‚ सरकारको आयमा सार्वजनिक संस्थानले योगदान
पुर्याएको (आ.व २०७५-०७६ मा सार्वजनिक संस्थानले नेपाल सरकारलाई
आयकर बापत रु १७ अर्व ५७ करोड दाखिला गरेको)‚ कतिपय क्षेत्रमा निजी क्षेत्रको एकाधिकारलाई समेत
सार्वजनिक संस्थानले चुनौती दिएका एवं सार्वजनिक संस्थानको माध्यमबाट सरकारले
जनतासमक्ष आफ्नो उपस्थिति जनाउने भएकोले सार्वजनिक संस्थानको औचित्यता वर्तमान
समयमासमेत सान्दर्भिक रहेको छ । कुनै पनि राज्य सामाजिक न्यायको मुद्दाबाट पछि
हट्न नसक्ने र सबै क्षेत्रमा निजी क्षेत्र आकर्षित हुन नसक्ने हुनाले पनि
सार्वजनिक संस्थानको महत्त्व वर्तमान समयमा पनि सान्दर्भिक नै रहेको छ ।
नेपालका सार्वजनिक संस्थानका समस्या तथा
चुनौती :
१. सार्वजनिक संस्थान सेवामूलक ढङ्गबाट
चल्ने वा नाफामूलक ढङ्गबाट चल्ने भन्ने सैद्धान्तिक अन्योल कायमै छ । सेवामूलक
ढङ्गबाट मात्र चल्दा सार्वजनिक संस्थान घाटामा जाने र सरकारलाई बोझ मात्र हुने एवं
नाफामूलक ढङ्गबाट चल्दा सरकारको सेवामुखी चरित्रमै प्रश्न चिन्ह खडा हुन सक्ने
चुनौती विद्यमान छ ।
२. सरकारको नीतिगत मार्गदर्शन संस्थान
सञ्चालनको आधारशिला हो । तर संस्थानको व्यावसायिक चरित्रमा आँच पुग्ने गरी
संस्थानको व्यवस्थापनमा हुने राजनैतिक हस्तक्षेप नेपालका संस्थानलाई भारी परेको छ
।
३. अधिकांश सार्वजनिक संस्थानमा ओभर
स्ट्याफिङ रहेको छ‚ मानव संसाधनको राइट साइजिङ सबै सार्वजनिक
संस्थानमा चुनौतीपूर्ण छ ।
४. वित्तीय अनुशासन कमजोर रहनु ।
५ . वस्तु तथा सेवाको मूल्य निर्धारणमा
सरकारी हस्तक्षेप।
६. अधिकांश संस्थानमा ट्रेड युनियन र
व्यवस्थापन बीच सामूहिक सौदावाजी कमजोर रहेको‚ आम कर्मचारीको हित भन्दा व्यक्तिगत स्वार्थ हाबी भएको ।
७.आम जनताको नजरमा सार्वजनिक संस्थानको छवि
सुधार गर्नुपर्ने ।
८. सरकारको लगानीको तुलनामा संस्थानबाट
सरकारले कम प्रतिफल प्राप्त गरेको । (नेपाल सरकारले सार्वजनिक संस्थानमा आ.व २०७५÷०७६ सम्म गरेको लगानी रु ४ खर्व ६४ अर्व ५९
करोड पुगेको छ)
यी र यस्तै चुनौतीकाबीचमा नेपालका
सार्वजनिक संस्थानहरूले जनतासमक्ष अत्यावश्यक वस्तु तथा सेवा जनतासमक्ष पुर्याइरहेका छन् । निजी क्षेत्र सक्षम भइसकेका
क्षेत्रबाट सरकार क्रमशः बाहिरिँदै‚ संस्थानको
सेवामूलक र व्यावसायिक चरित्रबीच उचित तादम्यता मिलाउँदै सार्वजनिक संस्थानहरूलाई
कुशल‚ व्यावसायिक र प्रतिस्पर्धी तवरबाट अगाडि
बढाउनुको विकल्प छैन । समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको वर्तमान
संविधानका आर्थिक‚ सामाजिक उद्देश्य पुरा गर्न समेत सार्वजनिक
संस्थानलाई थप प्रभावकारी बनाउनु आवश्यक छ ।
-नविन पौडेलको फेसबुकबाट साभार ।
- Wednesday, October 14, 2020
- Shankar Aryal
- videos
Picture.1 |
भिडियो रिपोर्ट