Tuesday, October 29, 2024
- Tuesday, October 29, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
Tuesday, October 15, 2024
- Tuesday, October 15, 2024
- Shankar Aryal
- Banks , Force , PSC , TSC
१. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४
Tuesday, October 8, 2024
- Tuesday, October 08, 2024
- Shankar Aryal
- Corporation , Force , PSC , TSC
Monday, September 16, 2024
UNO |
आयोजना हुने मिति |
सन् २०२४ सेप्टेम्वर १० देखि ३० सम्म |
स्थान |
अमेरिकाको न्यूयोर्कमा |
नारा |
"Leaving no
one behind: acting together for the advancement of peace, sustainable
development, and human dignity for present and future generations." |
अध्ययक्षता |
Philemon
Yang, former Prime Minister of Cameroon |
नेपालबाट सहभागिता |
प्रधानमन्त्री
केपी
शर्मा
ओलीले
असोज
१०
मा
महासभालाई
सम्बोधन
गर्नुहुने |
Wednesday, September 11, 2024
- Wednesday, September 11, 2024
- Shankar Aryal
- Corporation , PSC , TSC
विधा |
ब्यक्ति वा कृति |
मदन
पुरस्कार, २०८० |
मोहन
मैनालीको “मुकाम रणमैदान” |
जगदम्बा-श्री पुरस्कार, २०८० |
प्रा.डा.योगेन्द्रप्रसाद यादव |
पद्मश्री साहित्य पुरस्कार, २०८० |
प्रा.
कृष्ण गौतमको उपन्यास "अद्वैत” |
पद्मश्री साधना सम्मान, २०८० |
पवनकुमार चामलिङ |
पद्मश्री गौरव
पुरस्कार, २०८० |
प्रा.डा.केदारभक्त माथेमा |
Friday, August 30, 2024
- Friday, August 30, 2024
- Shankar Aryal
- Banks , Corporation , Force , knowledge , PSC , TSC
मुख्य सचिव एकनारायण अर्याल |
🔀 स्याङ्जाको करेनडाडा-४ का एकनारायण अर्यालले २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । प्रशासन सेवा समूहका उनको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो ।
🔀 निजामती सेवामा रा.प.अन.प्रथम श्रेणीबाट प्रवेश गरेर मुख्यसचिव बनेका अर्यालसँग विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेको अनुभव छ । उनी २०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । गृहमा आउनु अघि अर्याल २०८० जेठ २४ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थिए । प्रधानमन्त्री कार्यालय जानु अघि अर्याल २०७८ मंसिर १३ देखि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवका रूपमा थिए । श्रममा जानु अघि अर्यालले २०७७ असोज २९ देखि २०७७ कार्तिक ३ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।
🔀 अर्यालले जिल्ला प्रशासन, उद्योग विभाग, विभिन्न मन्त्रालय, स्थानीय तहमा रहेर काम गरेका छन् । निजामती सेवामा अब्बल अर्याल शाखा अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाटै छनौट भएका थिए । उनी २०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा सचिव भएका थिए । अर्यालले निजामती सेवामा ३५ वर्ष ७ महिना सेवा गरेका छन् ।
Monday, August 12, 2024
- Monday, August 12, 2024
- Shankar Aryal
- Banks , Corporation , PSC , TSC
🔄 ग्रीष्मकालिन पेरिस ओलम्पिक, २०२४ सम्पन्न
✅ विजेता राष्ट्र :- अमेरिका (अमेरिका र चीनको समान ४० स्वर्ण पदक भएपनि समग्र पदक तालिकामा अमेरिका अगाडि रहदै उपाधि जित्न सफल भएको)
✅ कहाँ भएको : पेरिस, फ्रान्स
✅ ओलम्पिक मस्कट :- Olympic Phryge
✅ पेरिस ओलम्पिक २०२४ को आदर्श वाक्य "गेम्स वाइड ओपन" (फ्रान्सेली: Ouvrons grand les Jeux) थियो ।
✅ कसले आयोजना गर्छ : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC)
✅ कहिले संचालन :- २६ जुलाई २०२४- ११ अगष्ट २०२४
✅ आगामी सन् २०२८ मा हुने ३४ औं ग्रीष्मकालिन ओलम्पिक अमेरिका तथा सन् २०३२ हुने ३५ औं ग्रीष्मकालिन ओलम्पिक ब्रिसबेन, अष्ट्रेलियामा आयोजना हुनेछ ।
🔄अन्य जानकारी
यस ओलम्पिकमा नेपाल बाट जम्मा ७ खेलाडी सहभागी भएका थिए । नेपाल बाट चार महिला र तीन पुरुष खेलाडीसहित सातजनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोट प्रतियोगिता पार गरी स्थान बनाएका थिए । तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टपछि स्यान्टु छनोट भएर सीधै ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । अन्य खेलाडीले वाइल्ड कार्ड पाएका हुन् । युनिभर्सालिटी कोटामा एथलेटिक्सबाट धाविका सन्तोषी श्रेष्ठ, पौडीबाट डुबाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङबाट सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिक खेलेका थिए। म्याराथनमा सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहदै दौड पुरा गरेकि थिइन ।
नेपाली पौडीबाज खेलाडी एलेक्जेन्डर शाह पेरिस ओलम्पिक २०२४ को १०० मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। एलेक्जेन्डरले ५१.९१ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन्। यसअघि उनकै नाममा ५२.१७ सेकेन्डको कीर्तिमान थियो। उनले सन् २०२४ को फेब्रुअरीमा दोहाको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपमा सो कीर्तिमान बनाएका थिए ।
Friday, July 26, 2024
- Friday, July 26, 2024
- Shankar Aryal
- agriculture , Banks , Corporation , PSC , TSC
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मिति २०८१ साउन ११ गते चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
Thursday, July 25, 2024
- Thursday, July 25, 2024
- Shankar Aryal
- Banks , Corporation , PSC , TSC
🔄 महासर्वदण्डनायक : प्रधानन्यायाधीश
🔄 सर्वदण्डनायक: न्यायाधीश
🔄 दण्डनायक : प्रहरी प्रमुख
🔄 भट्ट : सिपाही
🔄 प्रधान: ग्राम प्रशासक
🔄 सामन्त : प्रशासक
🔄 प्रसादाधिकृत : कार्यालय प्रमुख
🔄 महाबलाध्यक्ष : प्रधानसेनापति
🔄 बलाध्यक्ष: सेनापति
🔄 भट्टनायक : सेनाध्यक्ष
🔄 गोल्मिक: सेनानायक
🔄 महाप्रतिहार : राजदरबार हेर्ने प्रमुख
🔄 प्रतिहार : राजदरबार हेर्ने अधिकृत
🔄 ढुटक : राजघोषणा प्रचार प्रसार गर्ने
🔄 अमात्य: मन्त्रीस्तरीय अधिकारी
🔄 युवराज : भावी राजा दुत: कृषि, वन, सिंचाइ व्यापार हेने।
🔰लिच्छविकालीन निकायहरू
🔄 कुथेर अधिकरण: जग्गा जमिनको कुत उठाउने वा मालपोतको कार्य
गर्ने निकाय
🔄 माप्चोकः विवाह, पारपाचुकेसम्बन्धी कार्य गर्ने निकाय
🔄 लिंगवल : कुलो, पैनी, बाँध, बाटोघाटो सम्बन्धी कार्य गर्ने निकाय
🔄 शुल्ली/शोल्ल अधिकरण : पञ्चपराध (चोरी, हत्या, परस्त्रीगमन, राजद्रोह र यसमा सघाउने) को छानबिन गरी
न्यायदिने
🔄 भागकर : भूमि वा कृषिमा लाग्ने कर
🔄 भोगकर : पशुपालनमा लाग्ने कर
🔄 कर : उद्योग, वाणिज्य, व्यापारमा लाग्ने कर
🔄 सिकर : फर्निचरमा लाग्ने कर
🔄 चैलकर : कपडामा लाग्ने कर
🔄 तैलकर : तेलमा लाग्ने कर
🔄 आपणकर : पसलमा लाग्ने कर
🔄 मल्लयुद्धकर : साँढेजुधाइ, मनोरञ्जनमा
🔰मल्लकालीन निकायहरू
🔄 ढाल्पा : कुलो, नहर आदिको रेखदेख गर्ने निकाय
🔄 विषय : जिल्ला
🔄 पञ्चसमुच्चय : सानातिना झगडा हेर्ने, बुढापाकाका समूह
🔄 भारदारी सभा : राजसभा
🔄 टकसारी : मुद्रा टकसरी गर्ने स्थान
🔰मल्लकालीन पदहरू :
🔄 चौतारा: प्रधानमन्त्री
🔄 उमरा : सैनिक अधिकृत
🔄 अमात्य : मन्त्रीसरहको पद
🔄 कोटनायक : किल्लारक्षक
🔄 द्वारे : गाउँको झगडा हेर्ने
🔄 सामन्त : प्रशासक
🔄 प्रधान : टोल हेर्ने अधिकारी
🔄 उभय : सैनिक अधिकारी
🔄 खरदार : देशभरिको भ्रमण गरी न्याय
🔄 थकाली : पञ्चको मुख्य व्यक्ति
🔄 छेभन्डेल : राजाको भण्डार वा अन्नको व्यवस्था
गर्ने
🔄 चरिदार : अनुसन्धान अधिकृत
🔄 कोतवाल : शान्ति सुरक्षा हेर्ने
🔄 टक्सारी : सिक्का छाप्ने गम्भीर अपराध चोरी, परस्त्रीहरण, राजद्रोह, गौहत्या, बालहत्या, स्त्रीहत्या, पितृहत्या, गुरुहत्या
🔰शाहकालीन पदहरू :
🔄 काजी : विभागका प्रमुख र क्षेत्रीय प्रमुख
🔄 चौतारिया : जङ्गी सेवाका क्षेत्रीय र केन्द्रीय
प्रमुख
🔄 खजान्ची : सरकारी खजानाको हाकिम
🔄 मन्त्री : राजालाई सल्लाह दिने कार्यपालिका
प्रमुख
🔄 सरदार : अडिटर औषधालयको प्रमुख
🔄 कपरदार : राजपरिवारको कपडा, गहनाको व्यवस्था गर्ने
🔄 मिरमुन्सी : विदेशी वा छिमेकी मुलुकसँग सम्बन्ध
स्थापित गर्ने
🔄 चोवदार : चौकीदार, दरबान
🔄 वकिल : छिमेकी मुलुकमा नेपालका राजाको प्रतिनिधि
🔄 सुब्बा : जिल्लाका निजामती कर्मचारीहरूको प्रमुख
🔄 द्वारे : सरकारी कार्यलयका पाले, पहरेदार आदि।
🔰राणाकालीन प्रशासनिक अड्डा :
🔄 खड्ग निसाना अड्डा : श्री ३ को
सचिवालय/प्रधानमन्त्रीको कार्यालय (चन्द्र समसेर)
🔄 मुन्सीखाना : परराष्ट्र मामिलासम्बन्धी कार्य
गर्ने अड्डा (भीमसेन थापा र णबहादुर शाह)
🔄 कुमारीचोक : लेखापरीक्षण र नियन्त्रणसँग
सम्बन्धित (पृथ्वीनाराण शाह)
🔄 जङ्गी बस्दोबस्ती अड्डा : सैनिक प्रशासनसम्बन्धी
🔄 कमाण्डरी किताबखाना : सरकारी कर्मचारीको अभिलेख
राख्न
🔄 बिन्तीपत्र निक्सारी अड्डाः न्यायसम्बन्धी कार्य
गर्ने सर्वाच्च अड्डा
🔄 मुलुकी बन्दोबस्ती अड्डाः देशको प्रशासन सञ्चालन
र निरीक्षण गर्ने
🔄 कंडेलचोक : गरगहनाको व्यवस्था गर्ने (जंगबहादुर
राणा)