मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त हुनुभएको छ ।
✅ वि.स. २०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकले
✅ नवनियुक्त मुख्य सचिव एकनारायण अर्याल निजामती सेवा सुधारका पर्यायका रूपमा चिनिन्छन् ।
✅ नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका अर्याल त्यहीँ अब्बल गुणकै कारण आज निजामती प्रशासनिक नेतृत्व मुख्य सचिव बन्ने अवसर पाएका छन् ।
✅ मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार(भोली) देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो ।
|
मुख्य सचिव एकनारायण अर्याल |
को हुन् एकनारायण अर्याल ?
🔀 स्याङ्जाको करेनडाडा-४ का एकनारायण अर्यालले २०४६ माघ ४ मा नायव
सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । प्रशासन सेवा समूहका उनको पहिलो
पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो ।
🔀 निजामती सेवामा रा.प.अन.प्रथम श्रेणीबाट प्रवेश गरेर मुख्यसचिव बनेका
अर्यालसँग विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेको अनुभव छ । उनी २०८० फागुन
२८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । गृहमा आउनु अघि अर्याल २०८०
जेठ २४ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थिए । प्रधानमन्त्री
कार्यालय जानु अघि अर्याल २०७८ मंसिर १३ देखि रोजगार तथा सामाजिक सुरक्षा
मन्त्रालयमा सचिवका रूपमा थिए । श्रममा जानु अघि अर्यालले २०७७ असोज २९ देखि २०७७
कार्तिक ३ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा
कार्यरत थिए ।
🔀 अर्यालले जिल्ला प्रशासन, उद्योग विभाग, विभिन्न
मन्त्रालय, स्थानीय तहमा रहेर काम गरेका छन् । निजामती सेवामा अब्बल अर्याल शाखा
अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाटै छनौट भएका थिए । उनी २०५१ फागुन ४ मा शाखा
अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा
सचिव भएका थिए । अर्यालले निजामती सेवामा ३५ वर्ष ७ महिना सेवा गरेका छन् ।