🔂 मिश्रको सभ्यता
✅ मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ,
✅ मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा फस्टाएको,
✅ ३४०० ई. पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका,
✅ मिश्रको इतिहासमा ३००० देखि २५०० ई. पू. को समयलाई पिरामिड युग भनिन्छ,
✅ मिश्रमा राज्य गर्ने राजालाई फराह (ठुलो घर वा दरबारमा बस्ने मानिस) भनिन्छ,
✅ फराह चेओप्स वा खुफुका निम्ति बनेको गिजाको पिरामिड सबभन्दा ठूलो हो,
✅ मिश्रको वास्तुकलाको अर्को उत्कृष्ट नमूना कारनाक, आबू सिम्बेल, थेब्स र लक्सारको मन्दिर थियो,
✅ मिश्रको स्फिनिक्सको मूर्ति विश्वको उत्कृष्ट मूर्तिकला मानिन्छ,
✅ मूर्तिको टाउको मानिसको र जिउ सिंहको रहेको,
✅ प्राचीन मिश्रको समाजलाई पाँच वर्गमा विभाजित गरिएको थियो (पहिलो वर्गमा राजपरिवार, दोस्रोमा सामन्त, तेस्रोमापुजारी, चौथोमा मध्यमवर्ग र पाँचौंमा दास पर्दथे)
✅ प्राचीन मिश्रमा साहित्यको पनि विकास भइसकेको थियो ।