परीक्षा तयारी तथा लेखन सीप सम्बन्धी सामान्य जानकारी
“सफलताको लागि तीन कुराको आवश्यक हुन्छ आत्मविश्वास, लगनशीलता र निरन्तर अभ्यास । ” खप्तड स्वामीको यो भनाइले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेकाहरुलाई पक्कै पनि उर्जा मिल्छ ।
आत्मविश्वास
कतिपय विद्यार्थीहरुले आफैले लेखेका जवाफमा विश्वास गर्दैनन् । अनि अरुले लेखेको हेरेर सार्नै पंयत्न गर्दछन् । अर्थात् आफुलाई कमजोर ठानेर पनि उनीहरु परीक्षामा राम्ररी लेख्न सक्दैनन् । परिक्षा हलमा पुगेपछि कतिपय परीक्षार्थीहरु आफुले जानेका कुरा पनि विर्सन्छन् । उनीहरु डरले काम्ने, चिढिने जस्ता प्रवृत्ति देखाउँछन । यो सबै आत्मविश्वासको कमीले हो । परीक्षार्थीहरुले आफुले जानेका कुरालाई परीक्षामा कुशलतापुर्वक लेख्नका लागि आत्मविश्ववा अपरिहार्य हुन्छ । मैले परीक्षामा सर्वाेत्कृष्ट अंक हासिल गर्छू भन्ने दृढ संकल्प परीक्षार्थीले पालेको हुनुपर्छ । यही आत्मविश्वासको कारण परीक्षार्र्थीले सफलता प्राप्त गर्न सक्छन् ।
लगनशिलता
हरेक कुरामा सफलता पाउन लगनशील हुनैपर्छ । परीक्षार्थी लगनशील नहुने कुरै भएन । अध्ययनमा लागाब राख्ने परिक्षार्थीहरुलाई लगनशिलताले परिपक्क बनाउँछ । मन लागेका बेला पढने र अरु बेला वास्तै नगर्ने बानी धेरैमा हुन्छ । यसो गर्दा उनीहरुले जानको कुरा पनि विर्सन सक्छन.् । त्यसैले आफुले अध्ययन गर्ने विषयमा निरन्तर लाग्नु पर्दछ । नजानेको र अप्ठ्यारो विषय आउनसाथ पुस्तक फ्याँक्ने गर्नुहँदैन । बरु, त्यही अप्ठ्यारो विषय कुरा जान्ने निरन्तर प्रयास गर्नुपर्छ । योजनाबद्ध ढङ्गले अध्ययन गरेको कुरा बुझन सजिलो हुन्छ । नयाँ कुरा पढदै जाँदा अगाडि पढेका कुराहरुपनि बेला बेला स्म्झनुपर्छ र अभ्यास गर्नुपर्छ । यस्तो लगनशीलताले विद्याथीलाई सधै सफतातर्फ डाेर्यार्इरहेकाे हुन्छ ।
अभ्यास
आफ्नो पाठ्क्रम अध्ययन क्रममा अभ्यास गर्ने बानी उत्तम हुन्छ । अभ्यासले नै मानिसलाई पुर्ण बनाउछ । गणित जस्तो प्रयोगात्मक विषयको अभ्यासबाट अध्ययनको प्रारम्भ गनूृपर्दछ । अन्य विषयको अध्ययन गर्दा साथीहरुसँग छलफलको माध्यामबाट अभ्यास गर्न लाभदायक हुन्छ । आफुले अध्ययन गरिसकेपछि ती विषयहरुको बारेमा मनन गर्नुपर्छ । अधययन गरेका कुराबाट मैले के के जाने भनेर आँखा चिम्लेर मनन गर्नुपर्छ । नजानेको कुरा जान्न पुनः अध्ययन गर्नुपर्छ । अध्ययनको यो विधि निकै प्रभावकारी हुन्छ । आफ्नै अध्ययन द्धारा प्राप्त गरेका ज्ञान स्मरण गरिरहन र परीक्षमा मौलिक रुपमा अभिव्यक्त गर्न सकिन्छ ।
परीक्षको तयारीका क्रममा ध्यान दिनुपर्ने कुराहरुः- लक्ष्य किटान र प्राप्तिका लागि दृढता ।
- आफ्नो सवल र दुर्वल पक्षको पहिचान ।
- अध्ययनमा नियमितता ।
- उचित अध्ययन सामग्रीहरुको सङलकन ।
- टिपोट र नोट निर्माण
- विज्ञ र अग्रजसँगको परामर्श
- सामुहिक छलफलमा जोड
- उचित वातावरणको सृजना । जस्तै पारीवारीक, कार्यालयको वातावरण, अनावश्यक महत्वाकांक्षाको त्याग, शारीरिक तथा मानसिक रुपमा स्वस्थ ।
परीक्षामा प्रश्न हल गर्दा आउन सक्ने समस्याहरु
- विषयवस्तुको ज्ञानकोकमी ,।
- प्रश्न पुरा नपढेर वा नबुझेर नै जवाफ लेख्न हतार गर्ने बानी ।
- प्रश्नलाई कति भागमा बाँडिएको छ भनेर छुुट्याउन नसक्ने र कति भागमा लेख्ने हो थाहा नपाउने ।
- भुमिका वा परिचय खण्ड र निष्कर्ष अनावश्यक रुपमा लामो लेख्ने ।
- प्रश्नले सोधको भन्दा पनि आफुले जानको कुरा लेख्न जोड दिने ।
- सिलसिलेवार मिलाएर नलेख्ने ।
- समय व्यवस्थापन गर्न नसक्ने कारण प्रश्न छुट्ज सक्ने ।
- कुन प्रश्नको भार कति छ भनेर एकिन नगरी लेख्दा बढी भारको प्रश्नमा कम र कमभारको प्रश्नमा बढी लेख्ने ।
- अपुरो शब्द लेख्ने तथा वाक्यलाई अधुरो छोडने । कतिपय सन्दर्भमा ५/६ लाईन सम्मको वाक्य लेख्ने ।
- लेखनमा गतिशिलिताको कमीको समस्या ।
- घुमाउरो प्रश्न सोधेमा अत्तिने बानी ।
परीक्षमा उत्तर लेख्दा विचार पुर्याउनु पर्ने समान्य कुराहरु
- उत्तर लेख्दा पहिला प्रश्न एक दुई वटक । राम्रोसँग पढी बुझ्ने र त्यसपछि मात्र लेख्न सुरु गर्ने ।
- प्रश्नप्रति सकारात्मक धारणा बनाउनु पर्दछ । याठ्क्रम बाहिरको, बाँङ्गो अप्रासाँगिक जस्तो सोच राख्नु हुँदैन ।
- पहिले सोधिएको प्रश्नहरु पुनः सोध्ने सम्भावना बढी हुने भएकाले तयारी गर्ने ।
- पाठ्क्रम बाहेकका समसामयिक सवालहरुमा ख्याल गर्नुपर्दछ । जसबाट तयारी नगरेका प्रश्न सोध्ने जोखिम कम हुनसक्छ ।
- एक भन्दा बढी विषयवस्तुलाई मिलाएर पनि प्रश्न सोध्ने गरेको पाईन्छ । अन्तरसम्बन्ध थाहा पाउनु पर्दछ ।
- लामो प्रश्नमा १ भन्दा बढी खण्डमा विभाजन गरेर सोधिने हुनाले सबै खण्डको उत्तरको अङकभार हुन्छ भन्ने ख्याल गरी उत्तर लेख्दा ध्यान दिने ।
- शीर्षक उपशीर्षक दिएर लेख्दा कुन प्रश्नको उत्तर कसरी दिइँदैछ भन्ने थाहा हुन्छ । जाँचकीलाई समेत धारणा बनाउन सजिलो हुन्छ ।
- मिल्दो भनाई वा कोटेशन छ भने मात्र लेख्ने । अन्यथा भनाइ वा कोटेशन नलेख्ने ।
- भुमिका तथा परिचय एवम् परिभाष र निष्कर्ष धेरै लामो लेख्न आवश्यक छैन ।
- शब्द र वाक्य पुरा लेख्ने र सकेसम्म लामो वाक्य नलेख्ने ।
अन्य जानकारी
परीक्षाको घडीमा धेरैजसो विद्यार्थीलाई चिन्ताले सताउँछ । त्यस्तै परीक्षा नजिकिदै जाँदा पनि उनीहरुमा चिन्ता बढदै जान्छ । हुन त सबै परीक्षर्थीमा नै परीक्षाका बेला तनाव सिर्जना हुने गर्छ तर यसैलाई चिन्ताको रुपमा लिए परीक्षा समेत बिग्रने डर हुन्छ । त्यैले परीक्षार्थीले तनाव कमगर्दै कसरी परीक्षामा राम्रो गर्ने भन्ने तर्फ ध्यान मोडनुपर्छ । सकारात्मक सोचाई एवम् परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा पनि परीक्षार्थीले बुझ्नुपर्छ । परीक्षाको समयमा शारीरिक कम्पन महसुस हुन्छ । यद्यपि तनाव धेरै बढुनको कारण अध्ययनमा कमजोर हुन नै हो । धेरै जसो परीक्षार्थीहरु परीक्षाको समयमा मात्र पाठ घोक्ने गर्छन, एकातिर परीक्षाको तनाव अर्कातिर पढाइको भारले उनीहरु मानसिक रुपले थाक्छन । त्यसैले पढेका कुराहरु सजिलै ग्रहण गर्न सक्दैनन ् । फलस्वरुप उनीहरु झनै अत्तालिने गर्दछन ।
परीक्षमा कसरी लेख्ने भन्ने भयले उनीहरुलाई गम्भीर चिन्ता पैदा गरिदिन्छ । त्यसैल, पछि पछुताउनु भन्दा समयमै मेहनत गर्न बुद्धिमतापुर्ण हुन्छ । नियमितगर्ने परीक्षथीलाई परीक्षाको समयमा मानसिक भार बढी हुँदैन । अगाडि नै अध्ययन गरेका वियालाई स्मरण गर्नका लागि मात्र किताब एवम् नोट हेर्न पर्ने भएकोले उनीहरुमा परीक्षामा के लेख्ने भन्ने चिन्ता हुदैनन । यसरी योजनाबद्ध र नियमित अधययन गर्न परीक्षार्थीले परीक्षाको समयमा पाठ घोक्नु होइन, विगत मै अध्ययन गरेको पाठबारे चिन्तन गर्नुपर्छ ।
धन्यावाद ।
#नाेटः यदि याे माथीकाे जानकारी माेबार्इलमा पढन चाहानुहुन्छ भने । तलकाे
मा अाेके गरी डाउनलाेड गर्नुहाेस ।
प्रकाशित मितीः २०७३-०९-०३